विश्व सञ्जालको आवश्यकता र परिकल्पना
बिष्णु सुबेदी
नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति र प्रजातान्त्रिक शासन व्यवस्थाको अगुवा पार्टी नेपाली कांग्रेसको जारी ऐतिहासिक महासमिति बैठकको सम्पन्न भएको छ । महासमितिको बैठक विचार, मार्ग र लक्ष्य निर्धारणको दृष्टिले ऐतिहासिक बन्न सक्छ भन्ने आम जनचासोको विषय थियो ।
विज्ञान र प्रविधिले समग्र विश्व नै एक देश जस्तै रहेको अवस्थामा नेपालीहरू विश्वका हरेक देशमा पुगेको अवस्था छ । आवासीय, गैर आवासीय, रोजगारी, अध्ययन वा अन्य कुनै प्रयोजनले नेपालीको ठुलो संख्या भूगोलको नेपाल भन्दा बाहिर रहेको छ । अर्थात् नेपाल बाहिर पनि अर्को नेपाल रहेको अवस्था छ । भूगोलको नेपाल बाहिर रहेको नेपालीको संख्याको ठुलो हिस्सा नेपालमा रहँदा होस् वा नेपाल बाहिर रहँदाको अवस्थामा होस् नेपाली कांग्रेस सँग नजिक भएकाहरू रहेको छ । जसको योगदान पार्टीका निम्ति रहँदै आएको छ । यो ठुलो संख्यालाई कांग्रेससँग जोडिरहनका लागि पार्टीका संस्थापक बिपी कोइराला लगायत संस्थापक ज्यूहरूले तत्कालीन अवस्थामै यस पक्षलाई विशेष महत्त्व दिएको पाइन्छ।
जो समय क्रम सँगै नेपाली कांग्रेससँग आस्थावान् साथीहरूलाई जोड्न नेपाली जनसम्पर्क समितिको नाम वाट विश्वका धेरै देशहरूमा साथीहरू जोडिएको अवस्था छ । तर जति जति संगठन विस्तार हुँदै गएको छ, त्यति त्यति गुट वन्दी र विवादले चरम सीमा नाघिसकेको छ । अमेरिका जस्तो प्रजातन्त्रको जननी देशमा १० वर्ष सम्म अधिवेशन हुन नसक्नु लज्जास्पद अवस्था छ । अमेरिका लगायत संसार भरी जनसम्पर्क समितिहरूमा विवाद भई संगठन सुचारूपमा अगाडि बडेका छैनन् । संगठनको गतिविधि प्राय शून्य छ । यसले कालान्तरमा पार्टीलाई नै हानी हुने कुरा निःसन्देह छ ।
यस पक्षलाई समेत केलाउँदै गर्दा नेपालको संविधान र नेपाली कांग्रेसको विधानमा समेत नेपाली नागरिक मात्रै पार्टीको क्रियाशील सदस्य हुन सक्ने प्रावधान रहेको अवस्थामा त्यसको बर्खिलापमा पार्टीका आन्तरिक बैठक, महासमिति बैठक, महाधिवेशनमा समेत नेपाली मूलका विदेशी नागरिकता बाहकले पनि भाग लिने गरेको सुनिने ,देखिने तथा कतिपय अवस्थामा पुष्टि नै भएको देखिन्छ । पार्टीले विदेशी नागरिक हो कि होइन भनी नागरिकताको छानबिन गर्न सक्छ वा सक्दैन अनि कति व्यवहारिक छ ।
अब नेपाली कांग्रेसले सोच्नु पर्ने बेला आएको छ नेपाली मूलका विदेशी नागरिक लाई महाधिवेशन प्रतिनिधि बन्न दिने कि नदिने ? विदेशी नागरिक हो कि होइन कसरी छुटाउने । यदि ढाट छल गरी महाधिवेशन प्रतिनिधि भई गएमा अब उप्रान्त के गर्ने पार्टीले ठोस नीति बनाउनु जरुरी छ । पार्टीका लागी हितकर पनि हुन्छ ।
विविध, पक्षलाई मनन गरेर नेपाली कांग्रेसप्रति शुभेच्छा राख्ने नेपाल बाहिर रहेका साथीहरू नेपाली नागरिक वा नेपाली मूलका विदेशी नागरिक सबै अट्ने र बिना सङ्कोच कुनै डर बिना जुट्न सक्ने खालको संरचनाको आवश्यकता खट्किदैं आएको सर्ववितित छ ।
विश्वभरनै रहेका कांग्रेसका शुभेच्छुकहरूलाई एकताबद्ध गराउदैं पार्टीका लागि सहयोगी शक्ति निर्माण गर्नका लागि एउटा ठोस संरचनाको खाँचो देखिएको थियो । यो आवश्यकताको पक्षलाई लिएर नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति विश्व सञ्जालको रूपमा अघि बढाउने एउटा अभियानको सुरुवात सन २०१८ को जुलाईमा भएको थियो । संसार भरीका साथीहरूको भरचुवल बैठक बाट विश्व सञ्जालको नेतृत्व गर्ने अवसर मलाई प्रदान गरिएको थियो ।
तत्पश्चात् विश्व सञ्जालको गठनका बारेमा पार्टी लाई अवगत गराइएको थियो । सन २०१८ मा नै नेपाली कांग्रेसको विधानमा समावेश गर्नका लागी तात्कालिक समयमा नेपाली कांग्रेसका आदरणीय सभापति शेर बहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल, उप सभापति विमलेन्द्र निधि , महामन्त्री डा शशांक कोइराला , प्रवक्ता विश्व प्रकाश शर्मा , सह महामन्त्री डा प्रकाश शरण महत साथै नेपाली कांग्रेसका महामन्त्री एव विधान मसौदा समितिका संयोजक आदरणीय नेता पूर्ण बहादुर खड्काज्यूलाई म लगायत विश्व सञ्जालका उपसभापति कन्चन पोखरेल र महाधिवेशन प्रतिनिधि प्रमोद सिटौलाजीले विश्व सञ्जालको आवश्यकता , औचित्य ,विश्व सञ्जालको गठन , साङ्गठनिक ढाँचा र यसको उद्देश्यका बारेमा जानकारी गराई नेपाली कांग्रेसको विधानमा समेटेर अगाडी बढाउनका लागी अनुरोध सहित आग्रह गरेका थियौ ।
साथै विश्व सञ्जालको गठित सीमित , उद्देश्य , सांगठानिक ढाँचा र सञ्जालको विधान समेत नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा दर्ता समेत गरिएको थियो । उक्त समयमा आदरणीय सभापति ज्यू महामन्त्री ज्यूहरू उपसभापति ज्यू लगायत अरू नेताज्यूहरू बाट संगठनको औचित्य र आवश्यकता रहेको र पार्टीले चाडै नै प्रक्रिया मार्फत यसको स्वामित्व ग्रहण गर्ने आश्वासन पाएका थियौ। त्यसै अनुरूप तात्कालिक समयमा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा समेत छलफल र चर्चा भएको थियो तर विडम्बना पार्टी भित्रको गुटबन्दी र विविध कारणवश तात्कालिक समयमा महासमितिको बैठकको एजेन्डामा विश्व सञ्जालले ठाउँ पाउन सकेन ।
यो कुनै व्यक्ति विशेष प्रति लक्षित कार्य नभई पार्टीको विदेशमा संगठन निर्माणको काम भएकोले हामी निरन्तर रूपमा अगाडी बढ्दै गयौ । त्यस दौरानमा तात्कालिक समयमा विश्व भरि नै महामारीको रूपमा फैलिएको कोभिडबाट आक्रान्त दुखित नेपाली जनसमुदायको उच्चमनोवल बढाउन सञ्जालले आयोजना गरेको विभिन्न जुम बैठक लाई सम्बोधन गरी विदेशमा रहेका नेपालीहरूको उच्चमनोवल बढाउने कार्य आदरणीय नेताज्यूहरूले सहयोग गर्नु भएको थियो ।
डा शेखर कोइराला , अर्जुन नरसिंह के सी , गगन थापा , अर्जुन जोशी , एन पी साउद, सुरेन्द्र पाण्डे, रमेश लेखक, मधु आचार्य, कमला पन्त, दीपक गिरि , चन्द्र भण्डारी , धनराज गुरुङ, जीवन परियार, दिलेन्द्र प्रसाद बडु, कृष्ण सिटौला , भिस्मराज आडदम्वे, डा रामशरण महत , डिना उपाध्याय ,शंकर भण्डारी , किरण पौडेल , गोविन्द भट्टराई , प्रकाश मान सिंह , गुरु घिमिरे , सरिता प्रसाईँ , पुष्पा भुसाल, जीत जग बस्नेत , मनोज आचार्य , प्रतिमा गौतम , नैनसिह महर , भूपेन्द्र जग शाही फरमुला मन्सुर , रमेश रिजाल , प्रदीप पौडेल , आनन्द प्रसाद ढुङ्गाना , सञ्जय गौतम , रञ्जित कर्ण , उदय शमशेर राणा , वीर बहादुर बलायर , लोकेश ढकाल , रत्ना शेरचन र चित्र लेखा यादव प्रति विशेष धन्यवाद व्यक्त गर्दछु ।सो कार्यक्रमहरूमा संसार भरिका नेपालीहरूको उच्चतम उपस्थितिले विश्व सञ्जालको लोकप्रियता बढ्नुका साथै संस्थाको महत्त्व अझ बडेको थियो ।
# विश्व सञ्जालको उद्देश्य र कार्य योजना –
१. मातृ पार्टी नेपाली कांग्रेस लाई वैचारिक, प्राविधिक र आर्थिक सहयोग गर्ने ।
२. पार्टी मेची देखि महाकाली सम्मको संगठन हेर्न व्यस्त रहनु पर्ने भएकोले पार्टी सँग समन्वय गरी विदेशस्थित पार्टीको संगठन गर्ने ।
३. नेपाली जनसम्पर्क समितिका राष्ट्रिय समितिहरू बिच सहकार्य र समन्वय कायम गरी विधानमा एकरूपता ल्याउन पहल गर्ने । राष्ट्रिय समितिहरूको विधान सम्मत अधिकारमा कुनै पनि हस्तक्षेप नगर्ने ।
४. नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिसँग समन्वय गर्ने ।
५. संगठनका साथीहरू बिच व्यावसायिक र आर्थिक उन्नति लगायतका विषयमा सक्रिय सहयोग गर्ने ।
६. विदेशमा रहेका नेपालीहरूको हकहितका विषयमा काम गर्ने ।
७. एनआरएनए लगायत विभिन्न सामाजिक संघ संस्थाहरूमा सक्रिय एवं प्रभावकारी भूमिका निर्वाह गरी लोकतान्त्रिक उम्मेदवार लाई जिताउन सहयोग एव सहकार्य र सहमतिका साथ अघि बढ्ने।
८. नेपाली जनसम्पर्क समिति विस्तार नभएका देशहरूमा पार्टी केन्द्रसँग समन्वय गरी विस्तार गर्न पहल गर्ने ।
९. नेपाली कांग्रेस र यसको भातृ संस्थामा काम गरी सक्नुभएका र हाल विभिन्न देशका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूमा कार्यरत विज्ञ, वैज्ञानिक प्राध्यापकहरूको ज्ञान र सीपलाई नेपाली कांग्रेस पार्टी र देशको हितमा उपयोग गर्न समन्वय गर्ने ।
१०. मुलुकमा लोकतन्त्रका र मानव अधिकारका विरुद्धमा हुने कुनै पनि क्रियाकलापको विरुद्धमा संगठित रूपमा विश्वभरिबाट खबरदारी गर्ने ।
११. प्रवासमा रहेका नेपालीहरूले आफू बसेको देशबाट मतदान गर्न पाउने व्यवस्थाका लागि पहल गर्ने ।
१२. विदेशमा आर्जेको धन ,सिकेको प्रविधि, ज्ञान र सीपलाई स्वदेशको बृहत्तर हितका लागि उपयोग गर्ने वातावरण बनाउन पहल गर्ने।
१३. नेपाली नागरिकताको निरन्तरताको लागि आवश्यक कानुन बनाउनको लागि पहल गर्ने ।
# विश्व सञ्जालको सांगठनिक ढाँचा –
१ केन्द्रीय समिति
२ क्षेत्रीय समिति
१ केन्द्रीय समिति –
विश्व सञ्जालको केन्द्रीय समिति विश्व का प्रायः सबै देशहरू लाई समेटेर बनेको छ । आवश्यकता अनुसार विश्व सञ्जालको विधान परिधि भित्र रही पार्टीले भने बमोजिम थप घट गर्न सकिने छ । साथै आवश्यकता अनुसार विभिन्न विभागहरू गठन गर्न सकिने छ ।
क्षेत्रीय संगठन –
विश्व सञ्जालको सात वटा क्षेत्रहरूमा क्षेत्रीय संगठन रहनेछन्। प्रत्येक क्षेत्रहरूमा क्षेत्रीय संयोजक र उपसंयोजक रहनेछन् जसको कार्यक्षेत्र विधानले तोके बमोजिम हुनेछ।
१. अमेरिका क्षेत्र
२. अफ्रिका क्षेत्र
३. गल्फ क्षेत्र
४. पूर्वी एसिया क्षेत्र
५. दक्षिण एसिया क्षेत्र
६. युरोप क्षेत्र
७. ओसीयाना क्षेत्र
युरोप क्षेत्र –
विश्व सञ्जालले संगठन विस्तारको क्रममा युरोपको क्षेत्रीय समिति बनाई सकेको छ । जसको नेतृत्व नेपालमा नेपाली कांग्रेसमा रहेर लामो समय काम गर्नु भएका शेखर कडेलजीको नेतृत्वमा समिति बनिसकेको छ । जसमा उपसभापतिमा नेपाली जनसम्पर्क समिति जर्मनीका पूर्व सभापति विजय मोक्तान हुनु हुन्छ ।
अफ्रिका क्षेत्र–
अफ्रिका क्षेत्रको क्षेत्रीय संयोजक मा नेपाली कांग्रेसमा लामो समय काम गरेर आउनु भएका कृष्णा दत्त भट्ट हुनु हुन्छ ।
अमेरिका क्षेत्र –
अमेरिका क्षेत्रको संयोजकमा नेबिसंघमा लामो समय काम गरेर अमेरिका आउनु भएका टक बहादुर रूवालीजीको संयोजकत्वमा समिति बनी सांगठनिक गतिविधिहरू अगाडी बढी रहेको छ । अरू क्षेत्रहरूमा पनि संगठन विस्तार गर्ने कार्य भई रहेको छ ।
विश्व सञ्जालले संसार भरी बाट नेपाली कांग्रेस पार्टीमा लामो समय काम गरी सक्नु भएका हाल विदेशमा रहेका आदरणीय अग्रजहरू मधेस बाट ३१ सदस्यीय संरक्षक समिति बनाइको छ । साथै विश्व सञ्जाललाई विभिन्न विधामा सल्लाह दिनका लागी नेपालमा मातृ पार्टी मा लामो समय काम गरी हाल संसारको विभिन्न देशमा रहनु भएका अग्रजहरू मध्य बाट ४१ सदस्यीय सल्लाहकार समिति बनी सकेको छ ।
# विश्व सञ्जालको सदस्यता –
आवासीय एव गैर आवासीय नेपाली जो जनसम्पर्क समितिमा एक कार्यकाल काम गरिसकेका पदाधिकारी एवं सदस्यहरू , कार्यसमितिका वर्तमान एवं पूर्व सल्लाहकारहरू , वर्तमान एव पूर्व महासमिति सदस्य एव महाधिवेशन प्रतिनिधिहरू, नेपाली काँग्रेस पार्टी र विभिन्न भातृ संगठनमा विभिन्न पदमा रही एक कार्यकाल पदीय जिम्मेवारी पूरा गरेका नेता एव अग्रजहरू तथा गैर आवासीय नेपाली संघमा पदीय जिम्मेवारीमा रहनु भएका र पदीय जिम्मेवारी पुरा गरी सकेका महानुभावहरूले विश्व सञ्जालको सदस्यता लिन सक्ने छन् अरू थप विधानले निर्दिष्ट गरे बमोजिम हुने छ ।
विश्व सञ्जाल मार्फत विभिन्न ७ वटा क्षेत्रहरू निर्माण गरी कांग्रेससँग आस्थावान् साथीहरूलाई संगठित गर्ने र नेपाल बाहिर कांग्रेस पार्टीको निम्ति सहयोगी समूह निर्माण गर्ने सञ्जालको धेय रहेको छ । जसले पार्टीसँग समन्वय गरी नेपाल बाहिर संगठन निर्माणमा आफूलाई सक्रिय पार्ने छ भने नेपाल बाहिर रहेका नेपालीको सरोकारको क्षेत्रमा काम गर्नेछ, पार्टीको निम्ति हर प्रकारको सहयोग गर्न सक्ने प्रभावकारी शक्ति बन्नेछ ।
विश्व सञ्जालले सन् २०१८ देखि हाल सम्म निरन्तर रूपमा सामाजिक कार्यहरू गरी रहेको छ । त्यस्तै संरक्षक श्री हरि पौडेलज्यूले द्वारा युरोप क्षेत्रका अध्यक्ष शेखर कँडेलले बाग्लुङ र उपसभापति विजय मोक्तानले सिन्धुपाल्चोक जिल्लामा विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गर्नु भएको थियो ।
त्यस्तै म बिष्णु लगायत विश्व सञ्जालका सँग आबद्ध धेरै साथीहरू गत सङ्घीय निर्वाचनमा झापा देखि बाग्लुङ सम्म भौतिक रूपमा उपस्थित भई नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन तनमन धन सहित उल्लेखनीय भूमिका खलेको हिजो जस्तो लाग्छ ।
विश्व सञ्जालको आवश्यकता र महत्त्व लाई महसुस गरी नेपाली कांग्रेसका महामन्त्री गगन थापा ज्यूले आफ्नो सांगठनिक प्रतिवेदनमा विश्व सम्मेलन र क्षेत्रीय सम्मेलनको अवधारणा महासमिति बैठकमा पेस गरी सम्मानित महासमिति बैठकले पारित गरेकोमा आदरणीय महामन्त्री ज्यू प्रति आभार प्रकट गर्दछु ।
संगठनको आवश्यकता र औचित्य लाई बुझी विश्व सञ्जालले निरन्तर रूपमा पार्टी संगठनलाई मजवुद गराउँदै आई रहेको छ । आगामी दिनहरूमा पनि विश्व सञ्जालले विभिन्न देशहरूमा क्षेत्रीय भेलाहरूको आयोजना गरी संस्थालाई थप सशक्त बनाउँदै जाने र नेपाली कांग्रेस पार्टीले पनि यही समिति मार्फत विदेशमा आफ्ना सांगठानिक गतिविधिहरू अगाडी बढाउने छ भन्ने कुरमा दुई मत रहन सक्दैन ।
जय नेपाल ।
(लेखक विश्व सञ्जाल सभापति सुवेदी अमेरिकाको टेक्सस निवासी हुन्।)