भुटानमा सुटिङ गरिएको ‘ओई डेमा तिम्रो बुम्थांग कति सुन्दर’ सार्वजनिक
पेन्सिल्भेनिया/ भुटानको विभिन्न ठाउँमा छायाङ्कन गरिएको म्युजिक भिडियो ‘ओई डेमा तिम्रो बुम्थांग कति सुन्दर’ सार्वजनिक भएको छ।
युट्युब मार्फत दुई दिन अगाडि सार्वजनिक भिडियोमा नेपाली सङ्गीत भुटानी धरोहर नेपाली भाषी ( ल्होत्साम्पा ) प्रथम गायक अजम्बरी भाका भएका प्रताप सुब्बाको स्वर रहेको छ।
गीतका रचना र सङ्गीत पनि सुब्बाकै रहेको छ।
‘तिम्रो बुम्थांग कति सुन्दर’ भिडियो तानडिनले छायाङ्कन, सम्पादन र निर्देशन गरेका हुन्।
विशाल गुरुङको प्रस्तुति रहेको गीत भुटानको विभिन्न ठाउँमा भिडियो सुटिङ गरिएको हो। भिडियोमा राज मगर र फुब डिम अभिनय रहेको छ। उक्त सृजना प्रेममा आधारित रोमान्टिक गीत हो ।