क्यानडाका लागि नेपाली राजदूत पौडेललाई सम्मान
काठमाडौं । क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेललाई स्वागत सम्मान तथा अभिनन्दन गरिएको छ ।
बिहीबार काठमाडौँमा नेपाल क्यानडा उद्योग वाणिज्य सङ्घले एक कार्यक्रमको आयोजन गर्दै राजदूत पौडेललाई स्वागत सम्मान तथा अभिनन्दन गरेको हो ।
अभिनन्दन कार्यक्रममा बोल्दै क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलले नेपाल र क्यानडाबिचमा अन्तर देशीय व्यवसायको राम्रो सम्भावना रहेको भन्दै नेपालको उत्पादन क्यानडा पठाउने रुचि रहेको बताए ।

उनले भने, ‘नेपालबाट क्यानडामा केही उत्पादन पठाउन सके सबभन्दा खुसी म यो कुरामा हुनेछु । मेरो रुचि पनि यही हो । मेरो क्षमता र मेरो जिम्मेवारीले भ्याएसम्म म लागिरहनेछु ।’
नेपालमा मौलिक उत्पादित वस्तु धेरै रहेको भन्दै उनले नेपालमा उत्पादित वस्तुहरूको गुणस्तरमा जोड दिनुपर्ने उनको भनाइ छ ।













