अमेरिकामा प्रवासी नेपाली मञ्चले बनायो २७ औँ राज्य कमिटी, थपियो अर्कान्सस

पेन्सिल्भेनिया/ प्रवासी नेपाली मञ्च (ओएनएफ) ले अमेरिकामा २७ औँ राज्य कमिटी विस्तार गरेको छ।
मञ्चको अमेरिका महादेश इन्चार्ज प्रभु थापाका अनुसार आइतबारको भेलाले अर्कान्सस राज्य आयोजक कमिटी गठन गरेको हो। अमेरिकामा यो २७ औ राज्य कमिटी हो। आइतबारको भेलाले डा. नवराज दाहाल अध्यक्षतामा राज्य कमिटी गठन गरेको हो। दाहाल युनिभर्सिटी अफ आर्कन्सस, फोर्ट् स्मिथमा फिसिक्सका अस्सिस्टेन्ट प्रोफेसर हुन्।
कमिटीको उपाध्यक्षमा डा. दिनेश भट्टराई र सचिवमा अर्जुन चापागाईँ रहेका छन्। यस्तै सदस्यहरूमा दीपकराज जोशी, पुष्पा घिमिरे र चेतना ओली रहेका छन्।
ओएनएफ अमेरिकाका उपाध्यक्ष भीम ओलीको सञ्चालन गरेको आइतबारको भेलामा ओेएनएफ आइसिसीका अध्यक्ष सञ्जय थापा प्रमुख अतिथि रहेका थिए।
भेलालाई अध्यक्ष थापा सहित ओएनएफ आइसिसीका सचिवालय सदस्य एवं अमेरिका महादेश इन्चार्ज प्रभु थापा, ओएनएफ अमेरिका महादेशका संयोजक ईश्वरी भट्ट, ओएनएफ अमेरिकाका अध्यक्ष कृष्ण लामिछाने, उपाध्यक्ष गोकर्ण दाहाल, सचिव छवि पाण्डे, सचिवालय सदस्य भुवन अधिकारी लगायतले शुभ कामना दिएका थिए।
प्रवासी नेपाली मञ्च अमेरिकाले आफ्नो दोस्रो साधारण आगामी मे अन्तिम साता लसएन्जलसमा गर्ने निर्णय गरेको छ।