एनआरएनए अमेरिका टेक्सस च्याप्टरको पूर्व अध्यक्षहरू सँग अन्तर्क्रिया

टेक्सस / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत टेक्सस च्याप्टर आफ्नो गन्तव्य ठम्याउन अग्रजहरू सँग अन्तर्क्रिया गरेको छ।
प्रेसिडेन्ट डेको अवसरमा युलेसमा शनिवार च्याप्टरका सम्भावना र चुनौती शीर्षकमा पूर्व अध्यक्ष सँगको अन्तर्क्रिया गरिएको हो।
‘तपाईँहरूले के के चुनौतीको सामना गर्नु भयो र अबको सम्भावना के छ?’ वर्तमान अध्यक्ष दीपेन्द्र गुरागाईँको सभापतित्वमा भएको कार्यक्रममा पुराना अध्यक्षलाई सोधिएको थियो।
टेक्सस च्याप्टरका संस्थापक अध्यक्ष उत्तम लामिछाने अधुरा योजना पुरा गर्न सुझाव दिए। लामिछानेले टेक्ससमा रहेका भारतीय समुदायलाई पनि साथमा लिएर अन्त्येष्टि हल (फिनरल हल), व्यावसायिक तालिम, सामूहिक लगानीमा ज्येष्ठ नागरिक गृह र कृषि ऋणको क्षेत्रमा काम गर्न सुझाव दिए। उनले टीपीएस जागरूकतामा पनि लाग्न जोड दिए।
यस्तै पूर्व अध्यक्ष राजेश अर्यालले च्याप्टर अध्यक्षहरूलाई पनि कार्य उन्मुख कार्यक्रममा समावेश गर्ने एनसीसी सँग लबिङ गर्ने भने। अर्यालले अर्को कार्यक्रम फरक हुनु पर्ने, बैठक छोटो र मीठो हुनु पर्नेमा जोड दिए। स्थानीय समुदाय च्याप्टरको गतिविधि भन्दा पूर्ण रूपमा विपरीत भएकाले त्यस तर्फ सोच्न पनि सुझाव दिए।
निवर्तमान अध्यक्ष सोफिन थापा स्वदेशी तथा विदेशी लगानीका विषयमा काम गर्न सुझाव दिए। उनले दूतावासको कार्यक्रममा अन्य साथीहरूले विवादमा ल्याएको भन्दै पुन कार्यक्रम ल्याउन आग्रह गरे।
च्याप्टर र अन्य सामाजिक संस्थाको लक्ष्य फरक भएको बताउँदै थापाले मातृ संस्थाको धेरै चिन्ता नलिन र अन्य संस्थाको विवादलाई सामना गर्नु पर्नेमा जोड दिए।
पूर्व अध्यक्ष तथा एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष भानु खरेलले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा बताए। उनले पदको भोको नहुन र पुरानो ढाँचामा कति जना मान्छे उपस्थित भए भन्ने नभई कतिलाई सेवा दिइयो भनेर कार्यक्रम योजना बनाऊ सुझाव दिए। उनले हेल्प डेस्कको आवश्यकता पनि औँल्याए।
एनआरएनए अमेरिकाका कोषाध्यक्ष सरोज सिग्देल उत्कृष्ट कार्यक्रममा एनसीसीले बजेट उपलब्ध गराउने बाचा गरे। सिग्देलले पहिलाका सकारात्मक कार्यक्रमलाई निरन्तरता दिन तथा सिप र क्षमता वृद्धि हुने खालका कार्यक्रम गर्न च्याप्टरलाई सुझाव दिए।
उनले पम्बिङ्ग, हिटिङ्क, ड्राइभिङ लाइसेन्स जस्ता सिपमूलक कार्यक्रमका जनशक्ति उत्पादनमा च्याप्टर लाग्नु पर्ने बताए। ‘दसैँ तिहार जस्ता कार्यक्रम स्थानीय संस्थाले गर्छन्, एनआरएनएलाई स्थानी संस्थाले प्रतिस्पर्धी सोच्न भएन।’ सिग्देलले भने।
सीपीए विजय अधिकारीले समुदायलाई आर्थिक चेतना जगाउने खालका कार्यक्रम च्याप्टरले ल्याउनु पर्ने मा जोड दिए। ‘ट्याक्स फाइलिङ्गमा सर्वसाधारणलाई सही जानकारी दिनु पर्छ, कसरी अहिले धेरै लिने भन्ने मात्र सोच्छन् कतिपय सीपीएले पनि त्यस्तै गर्छन्, त्यो राम्रो होइन।’ अधिकारीले भने।
उनले टेक्ससमा नयाँलाई रिकनाइज नगर्ने, हतोत्साहित गर्ने गरेको गुनासो गरे। ‘नयाँलाई बाटो छेक्ने सम्म देखियो।’ अधिकारीले भने,’ सबैलाई प्रोत्साहन गरिनु पर्छ त्यसमा च्याप्टरले काम गरोस्।’
कार्यक्रममा सल्लाहकार मधुर खरेल, सन्देश उप्रेती,चण्डी भण्डारी लगायतले पनि आ आफ्नो धारणा राखेका थिए।