अमेरिकामा हिमपातको बेला राजमार्गमा हवाई जहाज अवतरण
पेन्सिल्भेनिया/ भर्जिनियाबाट पेन्सिल्भेनियाको ल्यानक्यास्टरका लागि उडेको हवाई जहाज स्थानीय राजमार्गमा आपत्कालीन अवतरण गरिएको छ।
स्थानीय सञ्चार माध्यमका अनुसार साउदर्न एयरवेज एक्सप्रेस फ्लाइट २४६ विमान डुलेस अन्तर्राष्ट्रिय विमानस्थल शुक्रवार दिउँसो १२ बजेर १५ मिनेटमा उडेकोमा नजिकैको सडकमा अवतरण गर्न बाध्य भएको हो।
भर्जिनियाको लाउडन काउन्टी पार्कवेको दक्षिणतिरको लेनमा विमान अवतरण भएको हो। विमानमा मुख्य पाइलट सहित सात जना सवार भएको जनाइएको छ। उनीहरूलाई कुनै चोट लागेको छैन।
अधिकारीले विमानको पाइलट फ्लोरिडाका २७ वर्षीय अहमद अवेस भएको बताएका छन्। विमान के कारणले आकस्मिक अवतरण गरियो भन्ने अहिले सम्म खुल्न सकेको छैन।
भर्जिनिया राज्य प्रहरीले पाइलटले कुनै पनि कारलाई ठक्कर नदिईकन विमानलाई सडकमा सुरक्षित रूपमा अवतरण गर्न सफल भएको बताएको छ। विमानले पार्कवेको दाहिने छेउको रेलिङ्गलाई मात्र क्षति पुर्याएको प्रहरीको भनाई छ।
विमानले एक सय ६० माइल तय गर्नु पर्ने थियो तर सात माइलमा समस्या आएको जनाइएको छ। यसैबिच साउदर्न एयरवेजले एक विज्ञप्ति जारी गर्दै हामी हाम्रो पाइलटहरूप्रति कृतज्ञ छौ भनेको छ।
एयरवेजका सीईओ स्टेन लिटिलले जारी गरेको विज्ञप्तिमा विमानमा सवारलाई कुनै चोटपटक नभएको रिपोर्ट पाउँदा हामीले राहत पाएका छौ भनिएको छ।
‘कुनै पनि चोटपटक नभएको रिपोर्ट गर्न पाउँदा हामीले राहत पाएका छौँ, र सबै यात्रुहरू सुरक्षित र स्वस्थ छन्। हामी हाम्रा पाइलटहरूप्रति कृतज्ञ छौँ, जसले उनीहरूलाई तालिम दिएकै काम गरे।’ विज्ञप्तिमा भनिएको छ।
‘हाम्रा यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्न, नजिकबाट काम गरिरहेका छौँ। अधिकारीहरूसँग स्थितिलाई राम्ररी अनुसन्धान गर्न, हामी हाम्रा यात्रुहरू र हाम्रो फ्लाइटको सुरक्षा र सुरक्षा सुनिश्चित गर्न सबै आवश्यक सावधानीहरू अवलम्बन गर्नेछौँ।” स्टेनको विज्ञप्तिमा भनिएको छ।
घटना भएको स्थान नजिकै नेपालीहरूको बाक्लो बसोबास छ।















