जिपी कोइराला फाउन्डेसन अमेरिकाका घिमिरे न्यु योर्क सम्मानित
हिलसाईड,न्यु योर्क/ जिपी कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे अमेरिकामा सम्मानित भएका छन्। न्यु- अमेरिकन डेमोक्रेटिक क्लब, न्यु अमेरिकन यूथ फोरम र न्यु अमेरिकन ओमेन्स फोरमले संयुक्त रूपमा घिमिरेको सम्मान गरेको हो।
न्यु योर्क जम्मैका हिलसाईडमा आयोजित कार्यक्रममा उनको सम्मान गरिएको हो। डेमोक्रेटिक क्लब अमेरिकामा दक्षिण एसियाली समुदायमा सबै भन्दा पुरानो संस्था हो। समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्ने क्रममा नेपाली समुदायबाट घिमिरे सम्मानित भएका हुन्।
घिमिरेलाई “साउथ एसियन एक्टिभिष्ट अफ द एअर” शीर्षकमा सम्मानित गरिएको थियो। घिमिरेले फाउन्डेशनमार्फत समाजमा पुर्याएको योगदान तथा अमेरिकामा दक्षिण एसियाली समुदायमा शान्ति र प्रगतिको साथ विविधतामा एकताको पुल निर्माण गरेकोमा कदर गर्दै सम्मानित गरिएको आयोजकको भनाई छ।
पश्चिम अफ्रिकी देश घानामा मानवीय पुरस्कार ग्लोबलले सम्मान गरेपछि अध्यक्ष घिमिरेले यो सम्मान पाएका हुन्।

अमेरिकी संसद् वासिंगटन् डिसीकालागि न्यु योर्कबाट निर्वाचित कांग्रेसमेन ग्रेसले घिमिरेलाई सम्मान पत्रद्वारा सम्मानित गरेका थिए। सो कार्यक्रममा प्रमुख अतिथि कंग्रेसओमेन ग्रेस मीङ्ग तथा अतिथिमा न्यु योर्क सिनेटर जोन लु, लेरोय काम्री, न्यु योर्कका ऐसेम्बली मेम्बर क्रमशः स्टिभन रागा, जोहरन मम्दानी र अलिसीया हाईन्डमान, न्यु-योर्क सहरको काउन्सिल मेम्बर क्रमशः शेखर कृष्णा, लिन्डा ली र सान्ड्रा आगं थिए।
अमेरिकी नेपाली, बङ्गलादेशी, भारतीय, पाकिस्तानी, श्रीलंकन, भुटनिज, अफगानी र गायनीज लगायत दक्षिण एसियाली मुलुकका समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको जमघट रहेको थियो।
कार्यक्रममा जिपी फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता रामचन्द्र अधिकारी, सदस्यहरू राजीव बतास, शेखर कार्की र गीता अधिकारीको पनि उपस्थिति थियो।

यस्तै कवि र साहित्यकार कमला प्रशांई, बाल कवि कविन विक्रम शाह, समाजसेवीहरू कमला पन्त, किरण पौडेल, पूर्व सांसद विजुल विश्वकर्मा, वरिष्ठ कलाकारहरू नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष निशा सुनार, नेपाली अमेरिकन कलाकार संघकी वरिष्ठ उपाध्यक्ष वसन्ती राई, वरिष्ठ लोक गायिका सङ्गीता थापामगर, वरिष्ठ लोक गायक विमल डाँगी, वरिष्ठ हास्य कलाकार महादेव त्रिपाठी, १८ औँ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स विजेता पार्कर दिनेश सुनार, गायक सुवर्ण शाक्य लगायत दर्जनौँ नेपाली सामाजिक अभियन्ता तथा कलाकारहरूको उपस्थिति रहेको थियो।

फिलीपिनो नृत्य र नेपाली नृत्य एवं प्रहसनद्वारा कलाकारहरूले उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन दिनुका साथै नेपालको मौलिक कला र संस्कृतिले कार्यक्रमलाई थप रोमाञ्चक बनाएको थियो।















