अमेरिकामा अलास्का एयरलाइन्सको विमान आपत्कालीन अवतरण पछि,एक सय ७१ बोइङ विमानहरू ग्राउन्डिङ

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ अमेरिकामा सङ्घीय उड्डयन प्रशासन (एफएए) ले अलास्का एयरलाइन्सको एक विमानको आपत्कालीन अवतरण पछि एक सय ७१ बोइङ विमानहरू ग्राउन्ड गरेको छ।
उडानको क्रममा एक भाग खसेपछि अमेरिकी वायुसेवा नियामकले बोइङ ७३७ म्याक्स ९ जेटलाई ग्राउन्डिङ गर्न आदेश दिएको हो ।
शुक्रवार अलास्का एयरलाइन्सको विमानले अमेरिकी राज्य ओरेगनबाट उडान भरेपछि आपत्कालीन अवतरण गर्नुपरेको थियो ।
अलास्का एयरलाइन्सको उडान ओरेगनको पोर्टल्यान्डबाट क्यालिफोर्नियाको ओन्टारियो तर्फ उड्दै गर्दा १६ हजार फिटबाट आपत्कालीन अवतरण गरिएको थियो।
विमानमा यात्रु र चालक दल गरी एक सय ७७ जना रहेको जनाइएको छ। एयरलाइन्स पोर्टल्याण्डमा सकुशल अवतरण भएको थियो।
त्यस पछि एफएएको निरीक्षण सुरु गरेको हो। निरीक्षणले एक सय ७१ विमानहरूलाई असर गर्ने बिबिसीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।
समाचारमा जनाइए अनुसार यात्रुहरूलाई कुनै चोट पटक भने नलागेको जनाइएको छ।
विमानमा सवार यात्रु इभान स्मिथले विमानको बायाँ पछाडि तिर साँच्चै ठुलो आवाज आएको र सबै एयर मास्क खसेको बिबिसीलाई बताएका छन्।
युनाइटेड एयरलाइन्सले आफ्ना ७९ बोइङ ७३७ म्याक्स ९ विमानमा एफएएले आवश्यक निरीक्षण गरेको बताएको छ ।
केही विमान सेवाबाट हटाएमा शनिवार झन्डै ६० वटा रद्द हुने अपेक्षा गरिएको छ, एयरलाइन्सले विज्ञप्तिमा भनेको छ।
यसअघि, एफएएले “अमेरिकी एयरलाइन्स वा अमेरिकी क्षेत्रमा सञ्चालित केही बोइङ ७३७ म्याक्स ९ विमानको अस्थायी ग्राउन्डिङको आदेश दिने” भनेको थियो।
आवश्यक निरीक्षण प्रति विमान चार देखि आठ घण्टा लाग्ने जनाइएको छ।