‘पूर्वाग्रह नराखी,सबैलाई समेटेर अगाडि बढ्छु’: राजेन्द्र वाग्ले,अध्यक्ष, नेपाली समाज टेक्सस

पेन्सिल्भेनिया,अमेरिका/ नेपाली समाज टेक्ससको अध्यक्षमा दोस्रो पटक निर्वाचित अध्यक्ष राजेन्द्र वाग्लेले सबैलाई समेटेर अगाडी बढ्ने बताएका छन्।
शनिवार साँझ सम्पन्न निर्वाचनमा वाग्लेले कमल सत्याललाई दुई सय ७४ मतको अन्तरले हराएका थिए। राति सार्वजनिक नतिजामा वाग्लेले आठ सय ८५ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी सत्यालले ६ सय ११ मत पाए। कुल मतदाता २५ सय १२ रहेकोमा १५ सय ६५ मत खसेको थियो। जसमा १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
दोस्रो कार्यकालमा निर्वाचित भए पछि वाग्लेले उपविजेता सँग हातेमालो गर्ने बताएका छन्। ‘ नेपाली समाज टेक्ससको सुन्दर पक्ष भनेको निर्वाचनमा प्रतिस्पर्धा भए पनि निर्वाचन पश्चात् विजेता र उप विजेतासँगै हातेमालो गर्दै समुदायको लागि सेवामा जुट्ने गर्दछन्।’ आफ्नो फेसबुक पेजमा उनले लेखेका छन्, ‘समुदायको सेवा पहिलो सर्त हो । हामी कुनै आग्रह पूर्वाग्रह नराखी समुदायको सेवामा लाग्न सबैलाई समेटेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।’
अध्यक्ष वाग्लेले मत परिणाम स्वाभाविक नै भएको प्रतिक्रिया दिए। ‘एक दुई जना प्रोफेसनल व्यक्ति छुट्नु भएको छ, नतिजा स्वाभाविक नै हो।’ समाज टाइम्स सँग भने,’यो चुनावले बाहिर बसेर हुने चलखेललाई अस्वीकृत गरेको छ।’
कार्यसमितिका अध्ययन पदाधिकारीमा पनि वाग्ले पक्षले नै जित निकालेको छ। वरिष्ठ उपाध्यक्षमा जनक भण्डारी विजयी भए। यस्तै महासचिवमा विजय भुसाल विजयी भए। विजयले बहालवाला महासचिव सन्देश उप्रेतीलाई हराएका थिए।
पूर्ण मत परिणाम
