प्रधानमन्त्रीले आह्वान गरे सर्वदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आव्हान गरेका छन् ।
आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका दाहालले बैठकमा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनर्स्थापनाको सम्बन्धमा छलफल केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कात्तिक १७ गते शुक्रवार राती जाजरकोटको बारे कोट गाउँपालिका–१ रामी डाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ । आजको बैठकमा भूकम्प प्रभावितको राहत र पुनर्स्थापनाबारे छलफल गर्न उनले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई बोलाएका हुन् ।