रिगलको कैद मिनाह बदरलाई रविले गरे स्वागत
काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई सरकारले दिएको आममाफी बदर गरेको कुरालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वागत गरेका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले योगराज ढकाल रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका हुन् । अब सरकारले यस त्रुटिबाट पाठ सिकेर आगामी दिनमा विधिको शासनको महशुस गर्नुपर्नेमा पनि जोड दिए ।
उनले भने, ‘सर्वोच्च अदालतको यो फैसलालाई स्वागत गर्न चाहन्छौँ । सबैभन्दा जोडदार सडकमा पनि, सदनमा पनि, प्रक्रियामा पनि र राष्ट्रपतिलाई अपील पनि गरेको विषय भएको हुनाले हामी यो फैसलाको स्वागत गर्न चाहन्छौँ ।’