चिलीमा आत्महत्या गरेका विनोद केसीको परिवारलाई जुमबाट सामेल गर्दै अन्त्यष्टि गरियो

पेन्सिल्भेनिया । अमेरिकी महादेश चिलीमा आत्महत्या गरेका नेपाली युवा व्यवसायी विनोद केसीको अन्त्यष्टि शुक्रबार गरिएको छ ।
२५ दिन अगाडि आत्महत्या गरेका उनको सवै प्रक्रिया पूरा गरेर अन्त्यष्टि गर्न ढिला भएको थियो ।
सन् २०१६ मा पुगेको केसी त्यहाँ गैर आवासीय नेपाली संघ एनआरएनएको उपाध्यक्ष पदमा निर्वाचित पनि भएका उनको अत्यष्टि एनआरएनकै पहलमा आर्थिक सहयोग जुटाएर गरिएको हो ।
नेपालको रुकुम पश्चिम मुसीकोट नगरपालिका वडा नम्बर ७ का बासिन्दा विनोदले अहिले चिलीमा पछिल्लो समय साथीहरुसँग मिलेर रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्ने तयारी पनि गरेका थिए । आफू बस्ने टाउन नजिकै रहेको बगैचाको रुखमा झुण्डिएको अवस्थामा केसी फेला परेका थिए । उनको पार्थिव शरिरलाई अस्पतालमा राखेर प्रक्रिया पूरा गर्न भने निकै समय लागेको थियो ।
घर परिवारको सहमतिमा चिलीमै अन्त्यष्टि गरिएको विनोदका साथी एवं अफ्रिकी राष्ट्र सेसेल्सकाका एनआरएनए अध्यक्ष मनोज विकेले समाजटाइम्सलाई जानकारी दिए । घर परिवारको आर्थिक अवस्था राम्रो नहुँदा शव लिन जान नसकेको पारिवारिक स्रोतले बताएको छ ।
चिलीको कानुन अनुसार कुनै पनि विदेशी व्यक्तिको निधन हुँदा परिवारका सदस्य वा सहमति पत्र भएपछि मात्रै अन्त्यष्टिका लागि शव हस्तान्तरण हुन्छ ।
सोही प्रक्रियाका लागि रुकुम प्रशासनले परराष्ट्र मन्त्रालय, पराष्ट्र मन्त्रालयले ब्राजिलमा रहेको राजदूतावासलाई पत्र पठाएको थियो । चिलीमा राजदूतावास नहुँदा ब्राजिलले हेर्ने गरेको र पत्र पनि इमेलबाट प्राप्त भए पनि सक्कल कपी नै आवश्यक पर्ने भएकाले ढिला भएको पनि बिकेले बताए । सक्कल प्रति त्यहाँ पुगेपछि एनआरएनको सहयोगमा शव अस्पतालबाट लगेर अन्त्यष्टि गरिएको र अन्त्यष्टिका बेला रुकुममा रहेका उनको घर परिवारलाई जुममार्फत सहभागि गराइएको पनि बिकेले बताए ।
यस्तै, १ वर्षदेखि अफ्रिकामा अलपत्र परेका केसीका भाइको पनि एनआरएनको सहयोगमा उद्दार गरिएको छ । उनी दशैं अगाडि भारतको बाटो हुँदै नेपाल आइपुगेका छन् ।
चिलीमा अहिले नेपालीका संख्या एकदमै कम छ । १ सयदेखि १५० जनासम्म त्यहाँ नेपाली रहेका छन् ।