इजरायली जनता धमाधम बन्दुकको लाइसेन्स लिँदै

तेल अवीव । इजरायल-हमास युद्धको बीचमा, इजरायली नागरिकहरूले बन्दुक लाइसेन्स प्राप्त गर्ने प्रक्रियामा छन् । च्यानल १३ का अनुसार बन्दुक लाइसेन्सका लागि १ लाख ५० हजारले आवेदन दिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा ४२ वटा बन्दुक लाइसेन्सका आवेदन परेका थिए ।
लाइसेन्सका लागि निवेदन दिने एक महिलाले भनिन्– मेरा ६ बच्चा छन् । अक्टोबर ७ मा भएको आक्रमणपछि आत्मरक्षाको महत्व बुझेको छु । हतियार चलाउने तालिम पनि लिइरहेको छु । बालबालिकालाई सुरक्षित राख्नु मेरो प्राथमिकता हो ।
योसँगै इजरायली नागरिकको मनमा प्यालेस्टाइनद्वारा आक्रमणको डर बढेको छ । जेरुसेलमको हिब्रू विश्वविद्यालयका अनुसार सन् २०१५ देखि २०१७ सम्म इजरायलमा ३६३ आक्रमण गरेका थिए। सन् २०२१ मा पनि इजरायल र प्यालेस्टाइनबीच विवाद बढेको थियो । त्यसपछि प्यालेस्टिनीहरूले इजरायलीहरूमाथि वुल्फ अट्याक गरेका थिए ।
लेस्टिनी केटाले पूर्वी जेरुसेलममा एक व्यक्ति र उनको छोरालाई गोली हानेको छ। आक्रमणबाट दुवैजना गम्भीर घाइते भएका छन्, प्रहरी घटनास्थल पुग्नुअघि नै त्यहाँबाट गुज्रिरहेका दुईजनाले आक्रमणकारीलाई बन्दुकले गोली हानेका छन् ।
इजरायली राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गभिरले अक्टोबर १० मा सरकारले जनतालाई दिन १० हजार राइफलहरू किन्ने घोषणा गरेका थिए। ४ हजार राइफल, हेल्मेट र बुलेटप्रुफ ज्याकेट खरिद गरिएको छ । यो छिट्टै जनतालाई दिइनेछ।