ल्यानक्यास्टर निवासी दावा तामाङको दसै उपहार: ‘झम्के बुलाकी’

ल्यानक्यास्टर/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टर निवासी नेपालीभाषी भुटानी दावा छिरिङ तामाङले दसैको अवसरमा आफ्नो पहिलो साङ्गीतिक कोसेली ल्याएका छन्।
तामाङले सोमवार युट्युब मार्फत आफ्नो जीवनकै पहिलो नयाँ नेपाली गीत झम्के बुलाकीको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।
तामाङको गीत इन्ट्रा फाउन्डेसनको युट्युब च्यानल च्यानलमा उपलब्ध छ । गीतमा स्वर,लेखन र सङ्गीत तामाङकै रहेको छ। यो उनको पहिलो गित हो।
एरेन्जरमा भने पुरुषोत्तम सुवेदी रहेका छन्। भिडियोमा अभिषेक श्रेष्ठ, करिश्मा श्रेष्ठ लगायतले अभिनय गरेका छन्।
दिपु कृष्ण डङ्गोल (डिप्सन) छायाङ्कन रहेको भिडियोको दृश्य सम्पादन विवेक सुनारले गरेका हुन्।