अमेरिकामा महिलाद्वारा पुराण वाचन हुँदै
पेन्सिल्भेनिया/ अमेरिकामा महिलाद्वारा पुराण वाचन हुने भएको छ।
अर्गनाइजेशन अफ हिन्दु रिलिजन एन्ड कल्चर (ओएचआरसी) अन्तर्गत महिला जागरण एवं उत्थान समूहले ‘पञ्च दिवसीय सङ्गीतमय श्रीमद्कूर्मपुराण’ आयोजना गर्न लागेको हो।
ओएचआरसीका बोर्ड सदस्य त्रिविक्रम न्यौपानेका अनुसार पेन्सिल्भेनियाको ह्यारिसबर्गमा रहेको लक्ष्मी नारायण हरिहर धाममा अक्टोबर १८ देखि २२ तारिख सम्म पुराणको आयोजना हुने छ।
न्यौपानेका अनुसार अमेरिकामा महिलाले कूर्मपुराण वाचन गर्न लागेको यो पहिलो अवसर हो। विदुषी देवका खनाल,डा.लक्ष्मी नेपाल र विदुषी फाल्गुना पोखरेलबाट पुराण वाचन हुने छ।
यस्तै गायिका हरिमाया अधिकारीको भजन पनि रहने छ।













