अमेरिकामा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा लाइसेन्स खोसिने मात्र होइन जेल नै जानु पर्ने हुन सक्छ
पेन्सिल्भेनिया,अमेरिका/ अघिल्लो साता अमेरिकामा रहेको नेपाली समाजको एउटा तप्कामा एउटा खबर भुसको आगो जस्तै गरी फैलियो।
विदेशमा रहेका नेपालीहरूलाई सम्बोधन गर्ने भन्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) गठन भएको छ। दुई दशकको इतिहास बनाएको यो संस्था अहिले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) चुनावको चटारोमा छ।
एनआरएनएका नेताहरू भोट माग्न विश्व भरी दौडाहा गरी रहेका छन्। यसै क्रममा आइसीसी अध्यक्ष पदका उम्मेदवारले अमेरिकाको टेक्ससमा आयोजना गरेको चुनावी कार्यक्रम पछिको भोजमा सहभागी एक अभियन्तालाई प्रहरीले पक्राउ गर्यो।
एनआरएनए अमेरिकाको राजनीतिमा परिचित उनलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। उनी पक्राउ गरेको खबर प्रवासी नेपालीको म्यासेन्जरमा एक पछि अर्को गर्दै फरवाड भए। त्यो भित्र भित्र भाइरल भयो।
टेक्सस प्रहरीले ‘मगसट’ छापे पछि अब उनले कस्तो सजाय पाउलान भनेर बहस भएको छ। स्रोतका अनुसार अब अदालतले त्यसको फैसला गर्ने छ।
अमेरिकामा मादक पदार्थ सेवन गरी सवारी चलाउनु गम्भीर अपराध हो। हामीले हाम्रा पाठकलाई यस बारेमा सचेत गराउन यो सामाग्री पस्किएका हौ।
के हो ड्रइभिडग् अन्डर इनफुल्इन्स (डीयूआई)?
सामान्य बोलीचाली भाषामा मादक तथा लागु पदार्थ सेवन गरी नशामा सवारी साधन चलाउने कार्य लाई डीयूआई भनिन्छ ।
यहाँ अमेरिको सावरी चालक नियमको सन्दर्भमा केवल मादक पर्दा (अल्कोहल अर्थात् रक्सी) सेवन का बारेमा चर्चा गरिएको छ ।
हुन त अमेरिकाका सबै राज्यहरूमा मादक पर्दा सेवन (मपासे) का सन्दर्भमा आआफ्नै नियमहरू रहेको पाइन्छ । यहाँ केही समान नियम का बारेमा उजागर गरिएको छ ।
कति हो ब्लड अल्कोहल कन्सनट्र्रेसन (बिएसी) लिमिट?
अमेरिका ४९ वटा राज्यमा विएसी को लिमिट शुन्य दशमलव ०८ प्रतिशत तोकिएको छ । युटाहा राज्यमा भने यसको सीमा शुन्य दशमलव ०५ प्रतिशत निर्धारण गरिएको छ । त्यसो त किशोर किशोरी तथा व्यावसायिक सवारी साधन चलाउनेको हकमा भने यो सीमा केवल शुन्य दशमलव ०२ प्रतिशत देखी शुन्य दशमलव ०४ प्रतिशत सम्म कायम छ ।
उदाहरणार्थ, शुन्य दशमलव १० प्रतिशत विएसी भनेको रगतको हरेक १ हजार कणमा १ कण अल्कोहल हुन हो । डियूआई का लागी केवल शुन्य दशमलव ०८ प्रतिशत अल्कोहलको मात्र काफी हुन्छ ।
कुनै पनि सावरी चालकको रगत परीक्षण गर्दा रगतमा माथि उल्लेखित सीमा भन्दा बढी अल्कोहल कन्टेन्ट भएमा उ डीयूआई अन्तर्गतको कार्यवाहीमा पर्दछ । यस्ता ड्राइभर प्रायशः स्वतः दोषी करार हुनेछन् ।
कति हो त अमेरिकी स्टयाण्डको ड्रिङ्क्स ?
यसको उत्तर यत्ति सहज छैन । मानिसको उमेर, लिगं, तौल, स्वास्थ्यको अवस्था एवम् रक्सी सेवनको समयावधि जस्ता विभिन्न चरहरूले यसको निर्धारण गर्दछ । यसर्थ यति नै बोतल या पेग भन्न चाही सकिँदैन ।
सुरक्षित यात्राको लागी मपाशे सेवन नगरी सवारी हाँक्नु नै बुद्धिमानी कार्य हुनेछ । तथापि शारीरिक तौल र स्वास्थ्य उमेर अनुसार सामान्य भएका वयस्कको हकमा भने सेन्ट्रल फर डिजिज कन्ट्रेल एन्ड प्रिभेन्सन (सीडिसी) ले अमेरिकन ड्र्रिक्स को स्टयाण्डर तोकेको छ ।
वियर ५ प्रतिशत अल्कोहल भएको वियर १२ आउन्च, ७ प्रतिशत अल्कोहल भएको माल्ट वियर ८ आउन्च, १२ प्रतिशत अल्कोहल भएको वाइन ५ आउन्च, र ४० प्रतिशत अल्कोहल भएका हार्ड ड्रिङ्क्स एक दशमलव ५ आउन्च लाई अमेरिकी स्ट्याण्डर्स ड्रिङ्क्स मान्दछ ।
कति वटा वियर या ड्रिङ्स लिँदा सम्म विएसी कति हुन्छ?
यो पनि मानिसको स्वास्थ्य, तौल, जेण्डर, समय आदी ले निर्धारण गर्दछ । यसको मापन सवैमा एउटै हुँदैन । तथापि फ्रोर्वस एडभाइजरको जनावरी ४, २०२३ मा प्रकाशित एक समाचार अनुसार १०० पाउन्ड तौल भएको महिलाले ५ प्रतिशत अल्कोहल भएको १२ आउन्च का तीन बोतल वियर खादा विएसी शुन्य दशमलव १४ प्रतिशत हुन सक्ने तथा १८० पाउन्ड भएको पुरुषको हकमा भने सोही परिमाणको वियर पिउँदा विएसी केवल शुन्य दशमलव ०६ प्रतिशत मात्र हुन सक्ने कुरा बताएको छ ।
ड्रिङ्क्स कति लिने त्यो उपभोक्ताको छनौटको विषय रह्यो तर मापासे गरेर सवारी साधन चाही गर्नु उसको छनौट हुनु हुँदैन ।
डीयूआई को कानुन कस्तो छ ?
डीयूआई अमेरिकाका एकदम गम्भीर किसिमको अपराधको रूपमा लिइन्छ । किन भने अमेरिकी व्यस्त सडकमा नशामा सवारी हाँक्नु भनेको आफ्नो मात्र जीवन दाउमा लगाउनु होइन । सडक मा सावर कयौँ मानिसको जीवनलाई समेत जोखिम पारेको मानिन्छ ।
यसर्थ मपासे गरी सवारी चलाउनु जघन्य अपराधको रूपमा लिने गरिन्छ । तथापि यसको कानुन र सजाय भने राज्य पिच्छे फरक फरक छ ।
मौद्रिक जरिवाना, लाइसेन्स सस्पेन्ड या रिभोक, र जेल सजाय मध्ये एक, दुई, या तीन वटै सजाय सम्म हुन सक्छ ।
उदाहरणको लागी न्यु योर्क राज्यमा डीयूआई को केशमा सामान्यतया पाँच सय डलर जरिवाना देखी चार वर्ष सम्मको कैद सजाय दिने गरेको देखिन्छ ।
हुन त, डीयूआईको सजाय बिएसी र दुर्घटनाको प्रकृतिले निर्धारण गर्दछ ।
ग्राफिस स्रोत डीएम भी न्यु योर्क