प्रधानमन्त्री प्रचण्ड ल्हासामा
ल्हासा । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बुधबार छोङ्छिङ्बाट ल्हासा पुगेका छन् ।
सिछ्वान एअरलाइन्स मार्फत स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्याहासास्थित गोंगार विमानस्थलमा अवतरण भएका हुन् ।
गोंगार विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सांस्कृतिक झाँकी सहित भव्य स्वागत गरिएको छ । कार्यक्रमको सुची अनुसार आज साँझ प्रम प्रचण्डसङ चीनिया कम्युनिस्ट पार्टी सिचाङ तिब्बत स्वायत्त क्षेत्रीय समितिका सचीव वाङ चङ्छङ्ले भेटवार्ता गरेका छन् ।
सचिव वाङले प्रम प्रचण्डको सम्मानमा आज साँज रात्रिभोजको आयोजना गर्नुहुने छ । चीनसङ सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रबाट चीनसँग विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणको समझदारी बनेको सन्दर्भमा प्रम प्रचण्डले ल्हासाको भ्रमण गरे ।
तिब्बतमा रहदा प्रम प्रचण्डले कैलाश मानसरोवर ताल एवं कैलाश पर्वतको भ्रमण समेत गर्ने कार्यक्रम छ । ल्हासामा प्रधानमन्त्री प्रचण्डले ल्हासाका लागि नेपालको महावाणिज्यदूतको कार्यालयमा भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ ।