एनआरएनएको मतदाता नामावली प्रकाशित तर गायब

पेन्सिल्भेनिया । गैर आवासीय नेपाली संघ एनआरएनएको निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशित भएको भनिए पनि सूचना नै गायब पारिएको छ ।
अक्टोबर १९ तारिखमा हुने निर्वाचनका लागि २ दिन ढिलका गरी एनआरएनएको निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गरेको जनाएको थियो । तर, एनआरएनएको वेभसाइटमा पनि प्रकाशित भएको भनिएको नामावली वेभसाइटमा भेटिदैन भने फेसबुकमा राखिएको सूचना पनि हटाइएको छ ।
एनआरएनए डेलिगेट लिस्ट निर्वाचन आयोगमा, अस्ट्रेलियामा सर्वाधिक २२ जनाको नाम परिवर्तन
नेपाली समय अनुसार दिउँसो ३ बजे मतदाता नामावली प्रकाशित भएको सूचना सामाजिक सञ्जाल फेसबुकमै अपडेट गरिएको थियो । एनआरएनए स्रोतका अनुसार निर्वाचनका लागि अध्यक्षले मनोनित गर्ने २१ जना प्रतिनिधिको नामावलीमा विवाद भएपछि अहिलेलाई हटाइएको हो ।
४२१२ जना प्रतिनिधि हुने बताइए पनि डेलिगेट्सहरुले तिनुपर्ने रकम तिर्न बाँकी रहेकाले अझैं यो लिस्ट फाइनल भने नहुने एनआरएनएका एक पदाधिकारीले जानकारी दिए ।
दिउँसो ३ बजे प्रकाशित भएको तर पछि हटाइएको सूचना यस्तो छ ।
