एसियाली खेलकुद : महिला फुटबलमा जापानसँग नेपाल पराजित

काठमाडौं । १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोली जापानसँग फराकिलो अन्तरले पराजित भएको छ ।
बेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा आज सोमवार भएको समूह डीको खेलमा नेपाल जापानसँग ८–० गोलले पराजित भयो ।
पहिलो हाफमा ५ गोल गरेको जापानको दोस्रो हाफमा ३ गोल थप्यो । जापानका लागि ओसावा हरुकाले २ तथा शिओकोशी युजुहो, यामामोतो युजुकी, युइनो मामी, वाकिसाका रेना, साकाकिबारा कोटोनो र हिजिकाता मायाले १-१ गोल गरिन् । प्रतियोगिताबाट बाहिर भइसकेको नेपालले समूह चरणको अन्तिम खेलमा बिहीवार बङ्गलादेशसँग खेल्नेछ ।
यसअघि शुक्रवार भएको पहिलो खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको थियो ।