चीनमा सुरु भएको एसियाली खेलकुदमा नेपालको झन्डा यसरी फहरायो (फोटो फिचर)

१९ औँ एसियाली खेलकुद प्रतियोगिता औपचारिक उद्घाटन गरिएको छ । चीनको चचिआङ प्रान्तको राजधानी हाङ्चाउ र आसपासका पाँच शहरमा हुने प्रतियोगिता चिनियाँ राष्ट्रपति सी चिनफीङले शनिबार एक समारोहका बीच औपचारिक उद्घाटन भएको घोषणा गरेका थिए ।





आज औपचारिक सुरु भएको प्रतियोगिता अक्टोबर ८ सम्म चल्नेछ । प्रतियोगितामा ४५ एसियाली देशका १२ हजार खेलाडी सहभागी छन् ।
नेपालबाट २९ खेलमा भाग साढे दुई सय खेलाडी सहभागी छन् । चीनले आयोजना गरेको यो तेस्रो एसियाली खेलकुद हो । यो भन्दा अगाडि बेइजिङमा तथा ग्वान्जाउमा एसियाली खेलकुद आयोजना गरेका थियो ।