क्यानको सचिवमा पारस खड्का निर्वाचित
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको सचिवमा पारस खड्का निर्वाचित भएका छन् ।
नयाँ वानेश्वरस्थित एभरेष्ट होटेलमा आज भएको मतदानमा पारसले ४३ मत कटाएका छन् ।
अहिले ७५ मत गणना सकिएको छ । कुल ८५ नै मतदाताले मतदान गरेका थिए ।
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।