प्रधानमन्त्री दाहालले भेटे अमेरिकी राष्ट्रपति
न्यु योर्क। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् । अमेरिकाको न्यु योर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिने क्रममा उनले राष्ट्रपति बाइडेन र श्रीमती बाइडेनलाई भेट भएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्ड छोरी गंगा दाहाल पनि देखिकी छिन् । प्रधानमन्त्री प्रचण्डले अमेरिकामा आफूलाई न्यायो स्वागत गरेको भन्दै राष्ट्रपति बाइडेनलाई धन्यवादसमेत व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘अमेरिकी राष्ट्रपति महामहिम जो बाइडेन र श्रीमती बाइडेनलाई न्यायो स्वागत र तथा आतिथ्यताका लागि हार्दिक आभार तथा धन्यवाद ।’
प्रधानमन्त्री दाहाल शुक्रवार नै चीन प्रस्थान गरेका छन् । उनी यही असोज ६ गतेदेखि १३ गतेसम्म चीनको भ्रमणमा रहने छन् । चीनमा रहँदा उनले राष्ट्रपति सी चिनफिङसहित चिनियाँ समकक्षी एवं उच्च अधिकारीसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्र सङ्घको महासभामा भाग लिन उनी सेप्टेम्बर १७ तारिख न्यु योर्कतर्फ आइपुगेका हुन्। प्रधानमन्त्री दाहाल अमेरिकाबाट चीन जाने छन्। चीनको भ्रमण सकेर सेप्टेम्बर ३० तारिख स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।