युवाहरूको विषयमा सरकार गम्भीर हुनुपर्छ : अध्यक्ष लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले वैदेशिक रोजगारमा जाने युवाहरूको समस्यालाई प्राथमिकतामा राखेर सरकारले कार्य योजना बनाउनु पर्ने बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद लिङदेनले विमानस्थलमा हुने अभद्र व्यवहारमा पनि सुधार हुनुपर्ने बताए ।
उनले भने ‘ विमानस्थलमा हुने अभद्र व्यवहारमा सुधार हुनुपर्छ । ती वैदेशिक रोजगारमा जाने युवाहरूको समस्यालाई प्राथमिकतामा राखेर सरकारले कार्य योजना बनाउनु पर्छ ।
सांसद लिङदेनले वैदेशिक रोजगारमा जाने युवाहरूको समस्या र गुनासो निकै नै दुःख लाग्दो भएको बताए ।
युवाहरूको विषयमा सरकार गम्भीर हुनुपर्ने र यसको लागि विशेष कमिसन गठन गर्नु पर्ने उनको सुझाव छ ।