बीसीएचले सरोकारवाला सँग तीन चरणको छलफल सक्यो, डेढ महिना भित्र प्रतिवेदन ल्याउने

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग,पेन्सिल्भेनिया/ भुट्नीज कम्युनिटी ह्यारिसबर्ग (बीसीएच) ले ह्यारिसबर्ग क्षेत्रमा रहेका नेपाली भाषी भुटानी समुदायका थपिँदो चुनौती र समाधानका बारेमा सरोकारवाल सँग सुरु गरेको छलफल टुङ्गाएको छ।
बीसीएचले बुधवार कम्युनिटी सुपरभाइजर सँग छलफल गरेको थियो। छलफलमा डिस्ट्रिक्ट एटोनी, प्रोभिजन अफिसरहरूको सहभागिता रहेको थियो।
यस अगाडि बीसीएचले काउन्टीका जनप्रतिनिधि, प्रहरी प्रमुख र समुदायका अगुवा सँग छलफल गरेको थियो।
ह्यारिसबर्ग क्षेत्रमा नेपाली भाषी भुटानी समुदायका संख्या ह्वात्तै बढे सँगै कतिपय अवस्थामा कानुन कार्यान्वयन समस्या आएको अधिकारीहरूले बताउँदै आएका छन्।

यसै गर मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरुको संख्या पनि बढेको अधिकारीको भनाई छ।
घरमा भोज भतेर गर्दा छिमेकीलाई असर पर्ने गरी होहल्ला गर्ने, जथाभाबी पार्किङ गर्ने, घरेलु हिंसा, बन्दुक हिंसा, ठुलो सङ्ख्यामा मलामी जाने, पोसाकमा ध्यान नदिने, होहल्ला गर्ने क्रम बढ्दै गएको जनाइएको छ।
यो समुदायबाट पछिल्ला दिनहरूमा विभिन्न बहानामा पक्राउ पर्नेको सङ्ख्या पनि ह्वात्तै बढे पछि बीसीएचले काउन्टीको सहयोगमा समस्या समाधानका उपायका लागि छलफल सुरु गरेको हो।
बुधवारको छलफल पछि अब आफूहरू प्रतिवेदन तयारीमा लाग्ने जनस्वास्थ्य वैज्ञानिक तथा बीसीएचका कार्यकारी निर्देशक एमपीएच तेज मिश्रले समाज टाइम्सलाइ बताए।
बैठक पछि मिश्र सँग समाज टाइम्सले गरेको कुराकानी (भिडियो)
र यो पनि…
समाजका अगुवा सँग पनि बीसीएचले गर्यो अन्तर्क्रिया
समाधानका लागि बीसीएच पदाधिकारी र स्थानीय अधिकारी बिच छलफल सुरु, (भिडियो सहित)