सदनमा अवरोध एमालेले होइन, सरकारले नै गरेको छ : सांसद भगवती न्यौपाने

काठमाडौं । नेकपा एमालेका सांसद भगवती न्यौपानेले आफ्नो खुसीको लागि नभइ देशको स्वाभिमान र संविधानलाई बचाउँन सदनमा आवाज उठाउने गरेको बताएकी छिन् ।
आज राष्ट्रिय सभाको बैठकमा सांसद न्यौपानेले नेपाली राजनीतिको इतिहासमा ब्रिफकेश खोसेर, कुर्सी उचालेर पनि विरोध भएको स्मरण गराउँदै आफुहरु देशको पक्षमा शान्तिपूर्ण तवरले प्रस्तुत भएको बताईन् ।
उनले भनिन्, सदन अवरुद्धको विषयमा विभिन्न ढङ्गले कुरा उठाइएको छ, हामीले इतिहास देखेका हौ । ब्रिफकेश खोसिएको र कुर्सी उचालिएको पनि देखेका छौ तर हामी त्यो तरिकाले प्रस्तुत भएका छैनौ । हामीले जतिपटक सदन अवरुद्ध गरिरहेका छौ, हामीले उठाएका विषय एकदम समसामयिक छ । सत्ता पक्षको तफबाट देशको स्वाभिमानको विरुद्धमा काम गर्दै गर्दा त्यसका विरुद्धमा, संविधानलाई बचाउन सदनमा आवाज उठाएका छौ ।
सांसद न्यौपानेले राज्यको निकायलाई अविश्वास गरेका नभइ मन्त्रीहरुलाई पनि प्रश्न गर्ने समितिको मागलाई सरकारले वेवास्था गरेको भन्दै सदन अवरुद्ध प्रतिपक्षबाट होईन सरकारको तर्फबाट भएको बताईन् ।
उनले भनिन्, यसरी सुन एयरपोर्टबाट आउँनु सेटिङ्विना सम्भव छैन्, हामीले यो कसरी सम्भव भयो भनेर प्रश्न गरेका छौ । हामीले एउटा मात्रै जवाफ खोजिरहेका छौ, राज्यको निकायलाई अविश्वास मात्रै गरेका होईनौ, हामीले मन्त्रीहरुलाई पनि प्रश्न गर्ने समितिको माग गरेका छौ हाम्रो मागलाई वेवास्था गरेर सदनलाई कसले अवरुद्ध गरेको हो। सदनमा अवरोध सरकारको तर्फबाट भएको छ । ’
सांसद न्यौपानेले नेपाललाई तस्करीको अखडा बनाउँनबाट रोक्नको लागि उठाइएको आवाजको सुनुवाई नभएपछि सरकारका मन्त्रीहरुको संलग्नता तथ्यसहित पुष्टि भएको बताए ।