शैक्षिक प्रमाणपत्रबारे छानबिनका लागि कांग्रेस सांसद शर्मा पक्राउ

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् ।
शर्मालाई सीआईबीले सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र छानबिनका लागि पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले पुष्टि गरे ।
उनले भने ‘ उहाँ पक्राउ परेको कुरा साँचो हो । काठमाडौंबाट पक्राउ पर्नु भएको हो ।’ किन पक्राउ गरिएको ‘ शैक्षिक प्रमाणपत्रबारे छानबिन गर्न उनलाई नियन्त्रणमा लिइएको हो ।’ प्रवक्ता कडायतले भने ।
यसअघि, कांग्रेस नेता अजय बाबु सिवाकोटीले सामाजिक संजालमार्फत उनी प्रक्राउ परेको बताएका थिए ।
शिवाकोटीले शर्माको पक्राउबारे सरकारमाथि प्रश्न समेत उठाएका छन् । नेपाल न्युज बैंकबाट ।