सदनमा गृहमन्त्रीको जवाफप्रति एमाले असन्तुष्ट
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन प्रकरणमा गृहमन्त्रीको जवाफप्रति असन्तुष्टि जनाएको छ ।
गृहमन्त्रीले प्रतिपक्षको माग बमोजिम, सदनमा दिएको जवाफ सकिन नपाउँदै एमाले चेतक महेश बर्तौलाले उनको जवाफप्रति असन्तुष्टि जनाउँदै उच्चस्तरीय छानविन समितिको माग यथावत रहेको त्यो माग पुरा नभएसम्म सदन चल्न नदिने बताए ।
उनले भने ‘अतिरिक्त समय लिएर बोल्नु पर्छ भन्ने हामीलाई लागेको थिएन् । गृहमन्त्रीले उपयुक्त ढंगले जवाफ दिनु होला भन्ने लागेको थियो । उहाँले उठेका विषय भन्दा बढी राजनीतिक प्रवचन दिनुभयो । प्रतिपक्षका भनाई प्रति सरकार गम्भीर हुन सकेन् । ’
उनले सरकारले प्रतिपक्षको मागलाई वेवास्ता गर्दै जनतालाई भ्रम छर्न लागेको उनको आरोप छ । ‘सरकारले सदन मार्फत जनतालाई भ्रम पार्न पाईदैन् । मलाई पहिल्यैदेखि म यहाँ आएर जवाफ दिन पाइन् भन्नु भयो । घुमाउरो पाराले प्रतिपक्षकै कारणले रोकिएको भ्रम छर्न खोजेको उनको आरोप छ ।’ हाम्रो विरोध जारी छ । उच्चस्तरीय छानविन समिति जारी छ । धन्यवाद । त्यसलगत्तै एमालेका सांसद उठेर विरोध जारी राखेका छन् । नेपाल न्यूज बैंकबाट ।
















