सरकारसंग विश्वास छैन् भनेर समानान्तर अर्को मन्त्रिपरिषद् बनाउने ? गृहमन्त्री श्रेष्ठ
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले, सरकारसंग विश्वास लागेन भनेर समानान्तर मन्त्रीपरिषद् बनाउँ भन्न नमिल्ने तर्क गरेका छन् ।
मंगलबार सुन प्रकरणबारे प्रतिपक्षीको माग अनुसार संसदमा जवाफ दिदैँ, उनले भने सरकार र सरकारी संयन्त्रलाई विश्वासै नगर्ने भन्ने कुराले कहिँ नपुग्ने तर्क गरे ।
‘सरकारले कानून लागू गर्छ । अब संसदलाई विश्वास भएन भनेर यो सरकारले के कानून लागू अर्को मन्त्रीपरिषद् समानान्तर बनाई दिउ भन्न मिल्छ ?’ उनले भने
त्यस्तै सुन प्रकरणमा राज्यका अंगलाई विश्वास गर्न उनको सांसदहरुलाई आग्रह छ ।
‘राज्यको जुन निकायले अनुसन्धान गर्छ र अभियोजन गर्ने त्यसैलाई दिदाँ राम्रो होइन् र ? दुर्नियत देखा प¥र्यो अपराधि लुकाउने भने त्यसपछि ल नयाँ शिराबाट अगाडि जाउँ भन्दा राम्रो होइन् र ? उनले भने ‘म सबै मित्रहरुलाई यो अनुरोध गर्न चाहान्छु । सरकार मुख्य रुपमा लाग्छ । सकरात्मक वातावरण बनाउँ । कसैलाई छुट निदिनेतर्फ जाँऔं । ’
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले, अदालतको आदेशले ललिता निवास प्रकरणमा थप अनुसन्धानको लागि आधार तयार गरेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा एमालेले उठाएको प्रश्नको जवाफ दिँदै उनले अनुसन्धान भइरहेको विषयमा अदालतको आदेशले झनै गम्भीर भएर अनुसन्धान गर्न प्ररित गरेको बताए ।
‘हामीले अहिले अनुसन्धान प्रक्रिया पूरा गरेका छैनौं । हामीले अभियोजनको प्रक्रियालाई गइसकेका छैनौं ।’ उनले भने, ‘अहिले सिआईबीले अनुसन्धान गरिरहेको छ। हामीले स्वच्छ र निष्पक्ष ढंगले अनुसन्धान छ ।’
अनुसन्धान प्रक्रियामा जे देखिन्छ त्यही अभियोजनको प्रक्रियामा लैजान सिआईबीलाई निर्देशन दिएको दाबी गरेका उनले को मान्छेलाई तान्ने कसलाई छुट दिने भन्ने नभई प्रमाणको आधारमा अघि बढ्ने प्रतिवद्धता जनाए ।
माओवादी वा अन्य जनु पार्टीको भएपनि अनुसन्धानले दोषी देखिए कारवाही गरेरै छाड्ने उनको भनाई छ ।



















