एनआरएनए साइप्रसको अध्यक्षमा राधा निर्विरोध

काठमाडौं । गैर आबासीय नेपाली संघ साइप्रसको २०२३-२०२५ कार्यकालका लागि राधा पोख्रेल थापा अध्यक्षमा निर्बिरोध निर्बाचित भएकी छिन् ।
आईतवार निकोसियामा भएको एनसिसी साइप्रसको अधिबेशनले अध्यक्षमा राधा पोख्रेल थापा, बरिष्ठ उपाध्यक्षमा किशोर थापा, उपाध्यक्षमा सरु नेपाल, महिला उपाध्यक्षमा बिन्दु दुलाल, महासचिबमा धाताराम पाण्डे, सचिबमा रोषना आर्याल, कोषाध्यक्षमा निरु राना, सहकोषाध्यक्षमा डोमा शेर्पा, महिला संयोजकमा मनिषा अर्याल, युबा संयोजकमा बिकास श्रेष्ठलाई निर्बिरोध चयन गरेको छ ।
त्यसै गरि कार्यसमिति सदस्यमा देबेन गुरुङ , बिना विश्वाकर्मा, दिपक सिँखडा, हरेराम घिमिरे, आशा मल्ल मगर,आयुशा राई गुरुङ, बाला गुरुङ, आस्मा गुरुङ, मनिष दाहाल, अनुप पौडेल र रेनु थापा निर्बिरोध निर्बाचित भए ।
साइप्रसबाट आइसिसीमा प्रतिनिधित्व गर्ने आइसिसी सदस्यमा निबर्तमान अध्यक्ष कुन्दन कार्की निर्बिरोध निर्बाचित भए ।
नबनिर्बाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्बिरोध निर्बाचित भएको घोषणा गर्दै निर्वाचन समिति संयोजक उमा थापाले पद तथा गोपनियताको सपथ गराएका थिए ।
आइसिसी सदस्य कार्कीको भने अक्टोबरमा काठमाडौंमा हुने विश्व सम्मेलनको अबसरमा सपथ ग्रहण हुनेछ ।
