अर्थमन्त्रीद्वारा बजेट कार्यान्वयनबारे सचिवहरुसंग छलफल

काठमाडौं । अर्थ मन्त्रालयले बजेट कार्यान्वयनको विषयमा सरोकारवालासंग छलफल गरेको छ ।
अर्थमन्त्री प्रकाश शरण महतले बुधबार आर्थिक वर्ष २०८०-८१ को बजेट कार्यन्वयनका सम्बन्धमा मुख्य सचिवलगायत विभिन्न मन्त्रालय सचिव तथा अन्य सरोकारवालासंग छलफल गरेका हुन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको छलफलमा बजेट कार्यान्वयमा सरकारी कर्मचारीको भूमिकाबारे छलफल भएको हो ।
छलफलमा सहभागिहरुले बजेटको उपलब्धिपूर्ण कार्यान्वयनका लागि आवश्यक रणनीति र सरकारी तयारीबारे सुझाव प्रस्तुत गरेका थिए ।