एआरयुले सुरु गर्यो ‘सकर फर सक्सेस’ कार्यक्रम(भिडियो)

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग,पेन्सिलभेनिया/ एसियाली रेफ्युजी युनाइटेड (एआरयु) को सकर फर सक्सेस कार्यक्रम सुरु भएको छ।
यूएस सकर फाउन्डेसनको सहकार्यमा एआरयुले बालबालिकाहरूका लागि (सकर फर सक्सेस) फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरेको हो।
ह्यारिसबर्गमा सुरु भएको कार्यक्रममा ३० जना सहभागी भएका छन्। एआरयुका कार्यकारी निर्देशक रबिन गुरुङका अनुसार प्रशिक्षणमा किन्नर गार्डेन देखि आठ कक्षा सम्म अध्ययनरत विद्यार्थी रहेका छन्।
हप्ताको दुई दिन १२ हप्ता सम्म फुटबल प्रशिक्षण हुने छ। दिल कुमार मगर लगायतको टोलीले बालबालिकालाई प्रशिक्षण दिने छन्।
प्रशिक्षणमा यूएस सकर फाउन्डेसनद्वारा तयार पारिएको ‘सफलताको लागि सकर’ कार्यक्रमको पाठ्यक्रम प्रयोग गरिने प्रशिक्षकको भनाई छ।
‘बालबालिकालाई फुटबलको सामान्य ज्ञान देखि पोषण युक्त खानाका बारेमा पनि हामी जानकारी दिन्छौ।’ प्रशिक्षक मगरले समाज टाइम्स सँग भने।
भिडियो…