अखिल नेपाल कबड्डी संघको १७ सदस्यीय कार्यसमिति चयन

काठमाडौं । अखिल नेपाल कबड्डी संघले तुलसी थापा नेतृत्वमा १७ सदस्य कार्यसमिति चयन गरेको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले, दोस्रो साधारण सभाले थापाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको जानकारी दिएको हो ।
संघले, साधारण सभामार्फत एक महिना भित्र कार्यालय व्यवस्थापन ६ महिना भित्र २०३७ साल देखि २०८० सम्म सम्पन्न अन्तराष्ट्रिय कवड्डी पदकधारीलाई सम्मान गर्ने, अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना गर्ने, प्रशिक्षक तालीम दिने तथा महिला शसक्तिकरण कार्यक्रमलाई निरन्तरता दिनेलगायतका निर्णय गरेको छ ।
त्यस्तै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले नेपालमा कबड्डी विस्तारका लागि केही दिर्घकालिन योजनासहित अघि बढ्ने निर्णय गरेको बताइएको छ ।
साधारण सभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पूर्व सांसद तुलसी थापाले कबड्डी संघले आफ्ना कामको प्रचार प्रसार गर्न नसकेको गुनासो गरिन् ।
‘कबड्डी संघको बारेमा खासै प्रसार भएको देखिदैन् । त्यसैले हामी अगामी दिनमा के काम गर्छौ भन्ने कुराको जानकारीसहित हाम्रो कामको मुल्यांकन गर्दै राष्ट्रको लागि खेलकुद सधैँ रहिरहन्छ भन्न चाहान्छु । खेलाडिहरुको जनजीवनमाथि उठाउनको लागि आज खेलाडिहरुको दयनीय अवस्था छ त्यसलाई समाधान गर्न खेलाडीहरुलाई सम्मान र उनिहरुको जिविकोपार्जनको लागि राज्यले काम गर्नु पर्छ । ’