संसद बैठक अन्योलमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको जारी गतिरोध हटाउन पहल थालेका छन् ।
अवरुद्ध संसद खुलाउने बारेमा सिंहदरबारमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल जारी छ ।
यस अघि आज बसेको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । तर अहिले १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक भने अन्योलमा परेको छ ।
सिंहदरबारमा छलफल जारी रहेको कारण बैठक पूर्व निर्धारित समय १ बजे नै सुरु नहुने अवस्था देखिएको छ ।
संसद सचिवालयका सह– सचिव एवं प्रवक्ता एकराम गिरीले बैठकको बारेमा सूचना निकाल्ने या के गर्ने भन्ने बारेमा केही निर्देशन आइनसकेको बताए ।