राजीनामा नआएसम्म संसद चल्दैन : एमाले सचेतक बर्तौला
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालले आजपनि संसद चल्न नदिने भएको छ ।
प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठकअघि बढ्न नसक्ने एमालेको अडान् छ ।
एमाले सचेतक महेश बर्तौलाले, प्रधानमन्त्रीको राजीनामा नआए सम्म सदन चल्न नसक्ने बताए ।
‘अहिलेका लागि एमालेको अडान प्रधानमन्त्रीको राजिनामा हो । प्रधानमन्त्रीको राजिनामा नआएसम्म बैठक चल्न सक्दैन् । एमालेले अवरुद्ध गर्छ ।’ उनले भने ।
आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ ।
एमालेले सोही माग राखेर आजको राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ ।



















