सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको तयारी
काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन अब ढिलो हुन नहुने बताएका छन् ।
मंगलबार बसेको कानून न्याय तथा मानवअधिकार समिति अन्तर्गत उपसमितिको बैठकमा समिति सदस्य लेखकले आयोग गठन गर्दा कुनै संसदीय निकायहरु विभाजित हुन नहुने बताए ।
उनले भने ‘ आयोग गठन गर्दा आयोगको गुरुत्व चाहीँ हुनु पर्छ । समस्या पार्दा समाधान गरेर जावस र क्षमदान गरेर जाओस भन्ने कुरा आएको छ त्यसलाई हामी गम्भीरतापूर्वक रुपमा लिने छौं । र, पीडित मैत्री रुपमै यसलाई कानून बनाउने र कार्यान्वयन गर्ने कुरामा पनि हामी लाग्ने छौं । जति ढिलो भयो भयो अब ढिलो हुनु हुँदैन । चाँडो भन्दा चाँडो हामी सम्पन्न गर्छौ । यो विषयमा कमिटी ,हाउस,उपसमिति ,समिति, समाज जे भए पनि विभाजित नहोस । ’
शान्ति प्रक्रियाको बाँकी रहेको अलिकति काम सकिहाल्नुपर्छ : सुवासचन्द्र नेम्वाङ
नेकपा एमालेको संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले शान्ति प्रक्रियाको बाँकी रहेको अलिकति काम सकिहाल्नु पर्ने बताएका छन् ।
मंगलबार बसेको कानून न्याय तथा मानवअधिकार समिति अन्तर्गत उपसमितिको बैठकमा उपनेता नेम्वाङले अन्तर्राष्ट्रिय प्रतिवद्धताहरुलाई पनि ध्यान दिएर शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गरिहाल्नु पर्ने बताए ।
उनले भने ‘ हामी यसमा पक्ष विपक्ष भनेर हुँदैन् । एसमा एकजुट छौं । यता उता हल्लाउन दिएका छैनौं । हामी हल्लाउन दिँदैनौं । र,म आग्रह गर्न चाहन्छु यो परिस्थितिलाई ठ्याक्क समाएर धेरै समय नलिऔंं यो ठीक कुरा हो । शान्ति प्रकृयाको अलिकति बाँकी रहेको कामलाई पूरा गरौं । हामी यहि शान्ति प्रकृयाको अंग हौं । सेना समायोजन गर्यौं । खालि अलिकति काम छ । हामी सबै एक ढिक्का भएर लागेका छौं । त्यसैले यो भन्न सक्ने अवस्थामा छौं । हामी सलाई निष्कर्षमा पुर्याउछौं ।
उपनेता नेम्वाङले सत्य निरुपण तथा मेलमिलाप आयोगको काम गर्दा ध्यान दिनुपर्ने पक्ष धेरै भएपनि यस्लाई पूर्णता दिन आफुहरु सबै एकै ठाउँमा उभिएको बताए ।
उनले भने ‘ हामी परिमार्जन गर्न भनेर लागेका छौं । हामीले पटक पटक भनेका छौं । यो कुरामा हामी सबै दलहरु नयाँ, पुराना सबै एक ठाउँमा झुम्मिएका छौं । मुख्यत हाम्रा अन्तराष्ट्रिय प्रतिबद्धताहरु छन् । त्यसलाई ध्यान राख्नुपर्छ । सर्वाेच्च अदालतको फैसलालाई ध्यानमा राख्नुपर्छ । र अर्को मुख्य कुरा पीडित पक्षको कुरालाई ध्यानमा राख्नुपर्छ । यो कुरालाई हामीले ध्यानमा राखेका छौ । यति कुराहरुलाई समेटेर सकेसम्म अहिलेको, पुरानो जुन ऐन छ , यसलाई परिमार्जन गरौं भनेर हामी लागेका छौं । अरु बेला धुमधाम दशतिरको राजनीति दलको कुरा गर्ने नेताहरुलाई एउटा मञ्चमा बोलाउनुहोस् । हामी माथि झगडा गर्छौ, लापा खेल्छौं भन्ने जुन आरोप छ, तर यो विषयमा हामी एउटै भाषा बोल्र्छौं । यो तपाईहरुको हाम्रो सबैको परिणामको प्रयास हो । ’
द्वन्द्व पीडितसँग राज्यले नै माफी माग्नु पर्छ : सांसद सन्तोष परियार
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले द्वन्द्व पीडितहरुसँग राज्यले नै माफी माग्नु पर्ने धारणा व्यक्त गरेका छन् ।
मंगलवार बसेको प्रतिनिधिसभा अन्तर्गत कानून न्याय तथा मानव अधिकार समिति अन्तर्गत उपसमितिको बैठकमा भएको सत्य निरुपण मेलमिलाप आयोगवारे छलफलमा सांसद परियारले द्वन्द्व पीडितलाई सम्मान गर्ने र उनीहरुसँग राज्यले नै माफी माग्नु पर्छ भन्ने समितिको बुझाई रहेको बताए ।
उनले भने,‘ द्वन्द्व पीडितहरुलाई सम्मान गर्ने र उनीहरुसँग राज्यले नै माफी माग्नु पर्छ भन्ने समितिको बुझाई रहेको छ ।’
सांसद परियारले पीडकको अवधारणा नै न्याय नभएको भन्दै न्याय पीडितलाई दिने हो भन्ने कुरामा समिति गम्भीर रहेको बताए ।















