करको दर हेरफेर बारे छानविन गर्न संसदीय समिति गठन गरौंः सांसद शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले करका दर हेरफेर भएको समाचार आएको भन्दै संसदीय समिति गठन गरी छानविन गर्न माग गरेका छन् ।
सोमवार प्रतिनिधि सभाको बैठकमा उनले अर्थमन्त्रीले भन्सार विभागका पूर्व नायब (नासु)रामकृष्ण श्रेष्ठलाई बजेट बनाउँने गोप्य कोठामा लगि करका दर हेरफेर गरेको भन्ने समाचार आएको भन्दै छानविन गर्न माग गरेका हुन् ।
उनले भने,‘एउटा समाचार आएको छ करका दर हेरफेर गरियो भनेर नेपाल केहि व्यापारी घरानालाई पोस्नेगरी भन्सार विभागका पूर्व नायब (नासु)रामकृष्ण श्रेष्ठलाई बजेट प्रस्तुतको अघिल्लो रात बजेट बनाउँने गोप्य कोठामा लगियो भन्ने आएको छ । अघिल्लो वर्ष पनि यस्तै भयो । अहिले पनि छिट्टै संसदीय छानविन समिति गठन गरी अर्थ मन्त्रालयबाट गरिएको भए मन्त्रीलाई र झुटो लेखिएको भए समाचार लेख्ने व्यक्तिलाई कारवाही गरीयोस् ।’
उनले अर्थमन्त्रीलाई कर्मचारीले बनाएको बजेटमा हस्तक्षर नगर्न आग्रह गरे ।