‘राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर गम्भीर गल्ती गरे’

काठमाडौं । सत्य र न्यायको खोजी अभियानका अधिवक्ता एस.के तिमल्सिनाले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर गम्भीर संवैधानिक गल्ती गरेको जिकिर गरेका छन् ।
बुधबार सर्वोच्च अदालत परिसरमा भेला भएका अधिवक्ता तिमल्सिनाले कुनै पनि विधेयक १५ दिन भित्र प्रमाणीकरण नभए संविधानको धारा ११३ अनुसार मृत तुल्य हुने दावी गरे । तर राष्ट्रपतिले प्रमाणीकरण गरेर गम्भीर गल्ती गरेको बताए ।
उनले भने ‘ संविधानको धारा ११३ अनुसार १५ दिन भित्र कुनै पनि विधेयक प्रमाणीकरण नभए त्यो विधेयक मृत तुल्य हुन्छ । त्यो निर्जिव हुन्छ, त्यो कागजको खोस्टा जस्तो हुन्छ ।
राष्ट्रपति उपचारको वहानामा भारत गएर आउनु भएको थियो । तर उहाँ उपचारको लागि जानु भएको थिएन् । उहाँ साँठगाँठको लागि जानु भएको थियो ।
राष्ट्रिय हित विपरित काम गर्न जानु भएको हो । मैलै त्यति बेला शंका व्यक्त गरेको थिए । राष्ट्रपति भारत उपचारको लागि हैन अराष्ट्रिय गतिविधि गर्नको लागि जानु भएको हो । कसैको ईसारामा राष्ट्रपति बनाईएको थियो त्यसको गुन तिर्न गएका हुन् । ’