मिस नेपाल प्रियंकासँग बाल्टिमोरमा भेटघाट कार्यक्रम

मेरील्याण्ड,अमेरिका / मिस नेपाल २०२२ प्रियंका रानी जोशीसँग अमेरिकाको बाल्टिमोरमा भेटघाट कार्यक्रम राखिएको छ।
मिस वर्डमा सहभागिताको तयारीमा रहेकी मिस नेपाल जोशीलाई शुभ कामना तथा सहयोग र समर्थनका लागि कार्यक्रम राखिएको आयोजकको भनाई छ।
गोर्खा समाज अमेरिका, साथी बाल्टिमोर, एभरेष्ट इन्टरटेनमेन्ट, नाम्लो इभेन्टले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागेका हुन्।
मे सात तारिक आइतवार साँझ सात बजे बाल्टिमोरमा रहेको माउन्ट एभरेष्ट रेष्ट्रुरेन्टमा कार्यक्रम तय गरिएको छ।
‘उहाँ अमेरिका आउनु भएको रहेछ, मिस वर्डमा सहभागिताको तयारीमा हुनुहुन्छ, एउटा नेपाली चेलीलाई सहयोग र समर्थन गर्नु पर्छ भनेर हामीले कार्यक्रम तय गरेका हौ।’ गोर्खा समाजका अध्यक्ष तथा एभरेष्ट इन्टरटेनमेन्टमा सिइयो अपार श्रेष्ठले समाज टाइम्स सँग भने। ‘यो एक प्रकारको फण्ट रेजिङ्ग नै हो।’