पेन्सिलभेनिया नेपाली गुठीले गर्यो अमेरिकामा ‘घर पुजा’ (भिडियो सहित)

पेन्सिलभेनिया,अमेरिका/ पेन्सिलभेनिया नेपाली गुठी एशोशिएशन (पीए गुठी) ले घर पुजा गरेको छ।
गुठीले गत फेब्रुअरीमा कार्यलय प्रयोजनका लागि घर किनेको थियो। पेन्सिलभेनियाको मोन्टगोमेरी काउन्टीले गुठीलाई अनुदान दिएको अनुदानबाट सो घर किनिएको थियो।
सो समयमा खरिद गरिएको घरको साँचो हस्तान्तरण भए पछि अप्रिल २९ तारिक शनिवार गुठीले घर पुजा गरेको हो।
लामा गुरुले बौद्द परम्परा अनुसार घर पुजा गरेका थिए। सोही अवसरमा आफ्ना सदस्यहरुलाई पनि घर अवलोकन गराइएको थियो।
‘घर किन्यो भनेर त सबैलाई भनिएको थियो तर भित्र कस्तो भनेर देखाउन पाइएको थिएन त्यही भएर आजको साइतमा पुजाका साथै सदस्य सबैलाई घर देखाएका हौ।’ गुठीका अध्यक्ष विमल मोक्तानले समाज टाइम्स सँग भने।
उनले यसै भवनबाट अब गुठीको कार्यलय संचालन गरिने बताए।
र यो पनि …
अमेरिकी स्थानीय सरकारबाट पेन्सिलभेनिया नेपाली गुठीले पायो पाँच लाख डलर अनुदान
पेन्सिलभेनिया नेपाली गुठीले अमेरिकामा सरकारबाट पाँच लाख डलर कसरी पायो, अब कहाँ खर्च गर्ने (भिडियो)