हावाहुरी र बाल्यकाल

बिष्णु बराल
मेरील्याण्ड,अमेरिका / ओहो कती हावाहुरी चलेको डर नै लाग्यो तर यो डर उ बेलाको हो जति बेला हावाहुरी चल्दा घरको भित्तामा आडेस लगाउनु पर्थ्यो ।
अगुल्टोले हानेको कुकुर बिजुली देखी तर्सन्छ भने झै हावाहुरी चल्दा उही वाल्यकालको अवस्थामा पुर्याउछ भलै अहीले अजंगका कंक्रिट भित्ता नै किन नहोस।होस हराएको जस्तै हुन्छु आकास गड्गडाउदा ।
यति नै बेला भोईस अफ किड्समा सानो भाईले स्वर सम्राट स्वर्गीय नारायण गोपालज्यू को झरेको पात झै भयो उजाड मेरो जिन्दगी भनेर गीत गाईरहेका थिए।यसो सिसाको आधुनिक झ्यालबाट बाहिर हेर्न पुगे र भावुक बनायो कस्तो प्रकृति ती कलिला बोटका पालुवाहरु निमोठेर उजाडै वनाएछ ।
हैन के पायौ यस्तो कुरूप बनाएर ? घर अगाडिको बोटमा एक जोडी ढुकरको गुढ थियो त्यो पनि कालो अलकत्र पोतेको चिल्लो बाटोमा जबरजस्ति मिल्काई दिएछ ।
दुई वटा कलिला बच्चा पनि रहेछन् । निर्दयी भने मैले अनि ति बच्चालाई ओतमा राखौ जस्तो लाग्यो तर ती माउहरुको के हालत हुन्छ होला फेरी भने जस्तो लाग्यो ! पहीले माउहरु आएर बच्चाहरुलाई देखे पछी मात्र घरमा राख्ने बिचार आयो ।
की सास चाहीयो की लास भनेर त तिनिहरुले भन्नु पर्दैन नी! के मानीस के पशु पंक्षी बच्चाहरुको मॉया त एक रौ पनि तलमाथि हुदैन होला ? मेरो मनले भन्यो ।
अनि हाम्रो घर पनि त्यतीवेला हावाहुरीले तहस नहस गराएको भए ? त्यत्तीकैमा माउहरु आए र च्यॉ च्यॉ गरीरहेका बच्चाहरुलाई आफ्नो शरीरमा लिन गराए र एक एक गर्दै नयॉ वासस्थान तिर उडाए । ऑशु तप्प झर्यो ! धन्न मैले घरमा ल्याएनछु। आमा बा ले पनि हामीलाई यस्तै गर्नुहुन्थ्यो होला जस्तो लाग्यो । हवाहुरी पनि कम हुदै गयो मन पनि शितल भयो ।आज पनि हवाहुरी चल्दा बाल्यकाल लाई झस्काई रहन्छ ।