नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ

काठमाडौं । उपनिर्वाचनमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुई जनाले शुुक्ररबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुुक्ररबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेले रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ खुुवाएका हुन् ।
१० वैशाखमा भएको उपनिर्वाचनमा चितवन-२ बाट लामिछाने र तनहुँ-१ बाट वाग्ले निर्वाचित भएका हुन् ।
(यसअघि बारा-२ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले शपथ लिन बाँकी हुनुपर्नेमा अन्यथा हुन गएकाले सच्याएका छाैँ ।सं.)