काठमाडौंबाट उडेको फ्लाई दुबई विमानको आगो निभ्यो

काठमाडौं । त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोलले फ्लाई दुबई सुरक्षित रहेको बताएको छ।
पाइलटले आफ्नो जहाज सुरक्षित रहेको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका हुन् ।
क्यानका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार काठमाडौबाट उड्नासाथ जहाजको एउटा इन्जिनमा आगो लागेको थियो। तर पनि पाइलटले त्रिभुवन विमानस्थलमा आकश्मिक अवतरण गराएनन् ।
राति ९ बजेर २१ मिनेटमा उडेको फ्लाइ दुबईको विमानमा आगो लागेको हो।
जहाजको एउटा इन्जिनमा लागेको आगो निभाएर उक्त इन्जिन बन्द भए पनि अर्को इन्जिनको सहायताले जहाज उडाउन सकिन्छ । पाइलटले अहिले सिंगल इन्जिनमा जहाज उडाइरहेको बताइएको छ।
विज्ञहरूका अनुसार कुनै पनि जहाज उडेर उचाईमा पुगिसकेपछि तत्काल अवतरण सहज हुँदैन ।
जहाजमा रहेको वजन र स्पिड नियन्त्रित हुनुपर्छ । वजन कम गर्न जहाजमा रहेको इन्धन घटाउनुपर्ने भएकाले भारततिर लगिएको हुनुपर्ने अनुमान छ ।
जहाज दुर्घटनाको खतरा भए त्रिभुवन विमानस्थलमा नै अवतरण गराउने थिए, खतरा टरेको भएर भारततिर लगिएको हुनसक्छ ।
जहाजमा १६७ यात्रु रहेका छन् ।