रोहितको कप्तानीमा नेपाली क्रिकेट टिम घोषणा

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटका लागि नेपाली टिमको घोषणा गरिएको छ ।
नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेका हुन् ।
पछिल्लो पटक लिग टूमा उत्कृष्ट प्रदर्शन गरेको टिमले नै निरन्तरता पाएको छ ।
नेपाली टिम यस प्रकार छ ।
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी रहेका छन् ।
यसैगरी बैकल्पिक खेलाडीको रुपमा अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो रहेका छन् ।
एसियन क्रिकेट काउन्सिल(एसीसी) को सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको ब्यवस्थापनमा हुन लागेको प्रतियोगिता ५ गते मंगलबारदेखि वैशाख १८ गते सोमबारसम्म आयोजना हुँदैछ ।
प्रतियोगिताका खेलहरु काठमाडौका २ स्थानमा हुने छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुर र नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यालय हाताभित्र रहेको मुलपानी मैदानमा खेलहरु हुने छन् ।
एसीसी प्रिमियर कपमा नेपालसहित १० टिमले प्रतिस्पर्धा गर्ने छन् ।
१० टिमलाई २ समूहमा विभाजन गरिएको छ ।
घरेलु टोली नेपाल समूह एमा रहेको छ ।
यो समूहमा नेपालसहित साउदी अरेबिया, मलेसिया, कतार र ओमान रहेका छन् ।
समूह बीमा बहराइन, कुवेत, हङकङ,युएई र सिंगापुर रहेका छन् ।
नेपालले मंगलबार मलेसियासँग त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ ।
समूह ए र समूह बीका शीर्ष २ टिम सेमिफाइनल पुग्ने छन् । फाइनल जित्ने टिमले एसियाकपमा स्थान पक्का गर्ने छ ।
