तेक्वान्दो खेलाडी आठ वर्षीया नव्या शर्माले अन्तर्राष्ट्रिय बुक अफ रेकर्डमा बनाइन कीर्तिमान

पेन्सिलभेनिया, अमेरिका । आठ वर्षीया तेक्वान्दो खेलाडी नव्या शर्माले अन्तर्राष्ट्रिय बुक अफ रेकर्डमा कीर्तिमान बनाएकी छिन्।
अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग निवासी नव्याले मोस्ट राउन्डहाउस किक्स इन वन मिनेट (किट्स)” मा विश्व कीर्तिमान आफ्नो नाममा लेखाएकी हुन्।
‘८ वर्ष ९ महिना ८ दिनकी नव्या शर्माले एक मिनेटमा एक सय राउण्डहाउस किक ननस्टप गरी अन्तर्राष्ट्रिय बुक अफ रेकर्डमा नयाँ विश्व कीर्तिमान कायम गरिन् ।’ अन्तर्राष्ट्रिय रेकर्ड बुकले जनाएको छ।
उनले मार्च २० तारिकमा एक मिनेटको समयमा एक सय किक प्रहार गरेकी थिइन।
‘हामीले मार्च २० तारिक भिडियो रेकर्ड गरेर पठाएका थियौ,आज अप्रुप भएछ।, नव्याकी आमा पुनम दुलालले समाज टाइम्स सँग भनिन्। ‘हामी सबै जना खुसी छौ, यसले छोरीको हौसला बढेको छ।’
नव्याको परिवार नै तेक्वान्दोमा संलग्न छ। उनका पिता मास्टर नकुल शर्मा तेक्वान्दो प्रशिक्षक र रेफ्रि हुन । नकुलले ह्यारिषवर्गमा हिमालयन तेक्वान्दो स्कूल संचालन गर्दै आएका छन।

नव्याकी आमा पुनम पनि तेक्वान्दो प्रशिक्षक हुन्। उनी दिदी पनि तेक्वान्दो खेलाडी हुन्।
आमा पुनमका अनुसार नव्याले तेक्वान्दो प्रशिक्षण लिन शुरु गरेको तीन वर्ष मात्र भएको छ। यो बीचमा उनले १५ भन्दा बढी प्रतियोगितामा सहभिता जनाएकी छिन्।
‘हाम्रो तेक्वान्दो स्कूलकी अभिभावक नेहा पटेल मार्फत अन्तर्राष्ट्रिय बुक अफ रेकर्डबारे हामीले जानकारी पायौं, उहाँको चार वर्षको बच्चाले पनि जम्पिङ्ग ज्याकमा रेकर्ड बनाएका रहेछन।’ पुनमले भनिन्।
के हो अन्तर्राष्ट्रिय रेकर्ड बुक ?
झट्ट हेर्दा गिनिज बुक अफ वर्ड रकर्ड जस्तै देखिने अन्तर्राष्ट्रिय रेकर्ड बुक भारतमा चर्चित छ। अन्तर्राष्ट्रिय रेकर्ड बुक वेवराइडमा भारतीय चर्चित व्यक्तिहरुले कीर्तिमान बनाएको उल्लेख छ।
‘संसार एक अचम्मको र असाधारण धनी ठाउँ हो जहाँ धेरै विभिन्न राष्ट्रियताहरू छन्। हाम्रो पृथ्वीमा, हामी बीचमा बस्ने त्यहाँ वास्तविक प्रतिभा भएका मानिसहरू छन्, जससँग तिनीहरूको बारेमा थप र विशेष छ।’ आफ्नो परिचय दिने क्रममा अन्तर्राष्ट्रिय रेकर्ड बुकको साइडमा लेखिएको छ।
‘हामी विश्वास गर्छौं कि सबैसँग कम्तिमा एक अद्वितीय गुण वा सीप छ जसले तिनीहरूलाई बाँकी संसारबाट फरक बनाउँछ। इन्टरनेशनल बुक अफ रेकर्ड्सले यी अद्वितीय व्यक्तिहरूलाई उनीहरूको प्रतिभा प्रदर्शन गर्न र अन्य मानिसहरूलाई एक कदम अगाडि बढ्न प्रेरित गर्ने प्लेटफर्म दिनु हो,’ भनिएको छ।
सबै प्रकारका उल्लेखनीय रेकर्डहरू मिलाएर अनलाइन र पस्तकमा प्रकाशित हुनेछ भनिएको छ। त्यसका लागि शुल्क भने तिर्नु पर्ने हुन्छ।
कीर्तिमान कायम गरिएको भिडियो