पोखरा विमान दुर्घटना चन्दा प्रकरण: एनआरएनए अमेरिका लम्साल समुहमा हङ्गमा

पेन्सिलभेनिया,अमेरिका । पोखरामा यति विमान दुर्घटना पीडितका लागि गैरआवासीय नेपलाी संघ (एनआरएनए) अमेरिका (सुर्य लम्साल समुह)ले उठाएको चन्दाको विषयलाई लिएर कार्यसमितिमा हङ्गमा भएको छ।
पोखरामा भएको विमान दुर्घटनामा निधन भएकाहरुको परिवारलाई राहत दिन भन्दै लम्साल समुहले गत जनवरी १६ तारिकमा हतार हतार चन्दा उठाउन शुरु गरेको थियो। काठमाडौंबाट पोखरा उढेको विमान जनवरी १५ मा सेति खोचमा खसेको थियो।
चन्दा उठाइएको विषय सोही समयमा पनि विवादमा परेको थियो। चन्दा उठाउन शुरु गरेको साँढे दुई महिना सम्म पनि त्यसबारेमा कुनै जानकारी सार्वनजिक नभए पछि समाज टाइम्सले मार्च २९ तारिकमा समाचार प्रकासित गरेको थियो।
कार्यसमितिका एक सदस्यका अनुसार समाज टाइम्सको समाचार पछि लम्साल समुहको कार्यसमितिमा हङ्गमा भएको छ। कार्यसमितिका अधिकांस सदस्यले चन्दा रकम किन सार्वजनिक भएन भनेर प्रश्न उठाएका थिए।
कार्यसमितिको ग्रुप च्याटमा पनि सदस्यले प्रश्न उठाएका छन्। अध्यक्ष सुर्य लम्सालले शुरुमा यो विषयलाई टार्न खोजेका थिए तर पछि दवाव बढ्दै गए पछि उनले हतारमा काम गर्दा अप्ठेरोमा परेको स्वीकारेका थिए।
‘पहिला सबैले उठाउने भने तर अहिले एक सय १९ डलर मात्र उठेको छ, एनआरएनए अमेरिका भन्ने तर एक सय १९ डलर उठ्यो भनेर कहाँ दिन जाने लाजै भयो।’ ती सदस्यका अनुसार बैठकमा अध्यक्ष लम्सालले भनेका थिए।
बैठकमा उपस्थित अधिकांश सदस्यले चन्दा उठाउने कुरामा लम्सालले हतार गरेर केटकेटीपन देखाएको भन्दै आलोचना गरेका थिए। कतिपयले विमान दुर्घटनामा बीमा कम्पनीबाटै क्षतिपूर्ति आउने भन्दै आफुहरुले चन्दा दिन इन्कार गरेका थिए।
बैठकमा चर्का चर्की पछि लाज जोगाउनै भए पनि कार्यसमितिबाट केही पैसा उठाएर एक हजार डलर सम्म पुर्याउने सहमति भएको थियो। चन्दा रकम र बैठकको बारेमा जिज्ञासा राख्न खोज्दा अध्यक्ष लम्साल समाज टाइम्सको सम्पर्कमा आउन चाहेनन्।
चन्दाको विषयलाई लिएर तपाईहरुको बैठकमा हङ्गमा भयो रे नी भन्ने समाज टाइम्सको प्रश्नमा एनआरएनए अमेरिका लम्साल समुहका बरिष्ठ उपाध्यक्ष ज्ञानल थापाले संस्थाको गतिविधिका बारेमा अहिले आफुले कुनै टिप्पणी नगर्ने बताए।
समाज टाइम्स सँग उनले भने, ‘बोर्डमा गहनरुपमा छलफल नभइ ल्याएको हुनाले यो विषयमा म अनविज्ञ छु, अहिलेको लागि यो भन्दा धेरै न नबोलौ।’
यस्तै महासचिव सरिता गुरुङ्गले चन्दाको विषयलाई लिएर बैठकमा भनाभन भएको सत्य भएको बताइन्।
‘ए बैठकको कुरा तपाईले सबै सुनी नै हाल्नु भएको रहेछ। कहाँबाट थाहा पाउनु भयो सबै कुरा ?’ समाज टाइम्स सँग उनले प्रतिप्रश्न गरिन्।
उनले अगाडि भनिनन्, ‘यो हतार गरेर उठाइएको रकम हो। यसमा हामीले सोचविचार गरेर बुझेर अलि अनुसन्धान गरेर उठाएको भए राम्रो हुन्थो उहाँहरुले उठाइहाल्नु भयो यसमा हाम्रो साथ सहयोग छदैछ।’
महासचिव गुरुङ्गले अब चन्दा उठाउन बन्द गर्ने र अहिले सम्म उठेको रकम सार्वजनिक गर्ने निर्णय भएको पनि पनि बताइन्।
‘मनमुटाब भन्ने कुरा त्यस्तै हो धेरै मान्छे भए पछि कतिको मिल्छ कतिको मिल्दैन तर पछि बैठकको अन्तिममा अब चन्दा उठाउन बन्द गर्ने भन्ने निर्णय भएको हो। तपाईले जे सुन्नु भएको हो त्यो सही नै हो।’ उनले भनिन्।
उनले कति रकम उठ्यो भन्ने एकिन विवरण आफु सँग नभएको बताइन्। ‘सय डलरकै वरीपरी नै हो, अलिकति बढी हो। यस्तो कुराहरुमा जहाज दुर्घटना भन्ने वित्तिकै इन्सुरेन्सको कुराहरु संलग्न हुन्छन अधि नै मैले भने नी यो हतारमा उठाइएको थियो। नउठाँउन पर्ने रकम हो तर अब उठाइनै हाले पछि यसमा उठाएर गर्ने सल्लाह भएको छ।’
प्रवक्ता विराज भण्डारीले चन्दाका लागि लिएर विवाद भन्दा पनि अब कसरी अगाडि बढ्ने भन्नेमा छलफल भएको बताए। ‘त्यस्तो होइन। उठाउन हुन्थेन उठाए पछि टुङ्गो लगाउन पर्छ भनेर मैले नै भनेको हो।’
उनले बाहिरबाट एक सय १९ डलर उठेको र अब कार्यसमितिका सदस्यले थपथाप गरि एक हजार पुर्याउने सहमति भएको बताए।
‘बाहिरबाट धेरै उठेको जस्तो मलाई लाग्दैन कसैले १०-१५ डलर दिएर एक सय १९ डलर उठेको छ, अब हामीले (कार्यसमिति) ले ५०-५० डलर उठाउने भनेर उठाइएको छ। भोली र पर्सिमा यो टुङ्गो लगाउने भन्ने भयो।’
प्रवक्ता भण्डारीले भने, ‘पैसा नउठे पछि के गर्ने भन्ने भएको हो। एक सय १९ डलर लगेर कसलाई दिने भन्ने पनि भयो । इज्यत राख्नकै लागि पनि कार्यसमितिबाट उठाएर एक हजार दिने भन्ने भएको छ।’
उनले हतारमा चन्दा उठाउदा पनि परिणाम यस्तो आएको स्वीकार गरे। ‘त्यो बेलामा विवाद पनि आयो कसरी त्यो फण्ट उठाउने शुरु भयो भन्ने पनि यादै भएन।’
उनले उठाइएको पैसा कहा लगेर दिन भन्ने अन्तिम टुङ्गोमा नपुगेको बताए। ‘यहाँ अमेरिकाबाट गएका हरि परियारको परिवारलाई सहयोग गर्ने भन्ने पनि छ त्यसबारेमा टुङ्गो लागेको छैन्।
‘विमान दुर्घटनाका लागि बीमाले कभर गर्छ, परिवारको स्वीकृति नलिइ हतार हतार किन चन्दा उठाउनु भयो?’ भन्दै सोही समयमा समाज टाइम्सको प्रश्नमा सुर्य लम्सालले झर्किलो जवाफ फर्काएका थिए।
‘यहाँ सयौ साथीहरु नेपालमा दुख परेका बेला हामी चुप बस्नु हुँदैन, हामीले कहाँ कसरी सहयोग गर्ने हो भनेर छटपटाइ रहनु भएको छ, हामी सँग विभिन्न प्रयोजनका लागि चन्दा उठाउन बनाइएको प्लेटफर्म छ त्यही प्रयोग गर्न दिएका हौ।’ लम्सालले भनेका थिए,’कोही सहयोग गर्छु भनेर अगाडि आएको छ भने हामीले बाटो नदेखाउने ?’
तर अहिले उनी मिडियामा आउन चाहेका छैनन्। बैठकमा उनले कम पैसा उठेकाले लाजै भएको बताएका थिए।
सुर्य लम्साल तिनै व्यक्ति हुन जसले एनआरएनए अमेरिकामा नीति-नियम र पारदर्शिता कुरा उठाउथे। ‘म अमेरिकामा पढेको,उच्च तहको जागिर खाएको म सँग भिजन छ, अवसर पाए भने म देखाउने छु, एनआरएनए कसरी चलाउनु पर्छ भनेर।’ उनी भन्ने गर्दथे।
तर सुनिल शाह सँग चुनाव हारे पछि उनी मुद्दा मामिलामा लागेका थिए। विचमा हराएर लम्साल पछि एनआरएनए आइसीसीमा शेष घले समुहमा मिसिएका हुन्।
र यो पनि…
पोखरामा यति विमान दुर्घटना पीडितका लागि एनआरएनए अमेरिका (लम्साल समुह) ले उठाएको चन्दा खोई ?