प्रधानमन्त्री ज्यु गाउँमा अदालत,थाना सिडियो कार्यालय किन बनेको छ ? प्रधानमन्त्रीलाई पीडित बालिकाको प्रश्न

काठमाडौं । मिटर ब्याजीले ज्यानमार्ने धक्की दिएकै कारण विद्यालय जान नपाएको भन्दै पीडित बालिका गरिमा राईले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुरक्षाको प्रत्याभूति गराउन माग गरेकि छन् ।
आमाले लिएको २ लाख रुपैयाँ ऋणको ३५ लाख तिरिसक्दा पनि ऋण पुरा नगरेको भन्दै साहुले ज्यान मार्ने धम्की दिएकाले आमाले डरका कारण बिद्यालय नै जान बन्द गराएपछि आफ्नो पढाई छुटेको पीडित बालिकाले प्रधानमन्त्रीलाई सुनाइन् ।
गाउँको मिटर ब्याजी सुजता साहले आफ्नी आमालाई ऋण नतिरे छोराछोरीलाई मारिदिने धम्की दिएकोले विगत सात महिना यता आमाको डरका कारण घरमै पढाई छोडेर बस्नु परेको बताउँदै पीडित बालिका राईले प्रधानमन्त्रीलाई शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटर राज्यका संयन्त्रले सुरक्षाको प्रत्याभूति गराउन नसकेको भन्दै कारबाहीको लागि माग गरिन् ।
उनले भनिन् ‘म यहि प्रधानमन्त्री ज्युलाई सोध्न चाहन्छु कि गाँउमा किन यो अदालत, थाना अनि सिडियो कार्यालय बनेको छ ? हामीलाई सुरक्षा दिन बनेको छ ।तर, आजकाल यहाँको मान्छेले नै त्यहाँ सुरक्षा पाएको छैन । यसमा कारबाही गर्नुहोस् म यो भन्न चाहन्छु ।’

बालिकाले आफ्नो समस्या समाधान भए पढ्न जान पाइन्छ भन्ने सोचेर मिटर ब्याजी विरुद्धको जुलुसमा एघार दिन लामो पैदल यात्रा गरेर काठमाडौं आएको बताएकि छन् ।
काठमाडाैं आएका मिटरब्याजी पीडितले शनिवार बिहान बालुवाटारमा प्रधानमन्त्री संग भेटेर मिटर ब्याजलाई आर्थिक अपराधको रुपमा कानुनी दायरा भित्र ल्याउनु पर्ने,पीडितलाई राज्यको तर्फबाट क्षेतीपुर्ती दिने आधार प्रस्तुत गर्नुपर्ने, तत्काल पीडित महिलाहरु माथि साहु सुत्खोरहरुबाट गरिएको बलत्कारका घटनाको किटानी जाहेरी दर्ता गरि बलत्कारीलाई कानूनी कारबाही गर्नुपर्ने,तत्काल आयोग गठन गरेर पीडितहरु घर फर्किने वातावरण बनाउनुपर्ने लगाएतका विभिन्न सात बुँदे माग प्रधानमन्त्री समक्ष राखेका छन् ।