अमेरिकाको ह्यारिषबर्गमा हुने दोस्रो वार्षिक युनिक ब्वाइज च्यालेञ्ज कपमा बीस टिम
पेन्सिलभेनिया, अमेरिका / सोह्र हजार अमेरिकी डलर पुरस्कार रहेको दोस्रो वार्षिक युनिक ब्वाइज च्यालेन्ज कप फुटबल च्याम्पियनसिपमा बीस टिमको सहभागिता रहने भएको छ।
एशियाली रेफ्युजी युनाइटेड (एआरयु) सँगको सहकार्यमा युनिक ब्वाइज क्लबको आयोजनामा हुने प्रतियोगिता मे २६ देखि २८ तारिक सम्म हुदै छ।
यस पटकको प्रतियोगिता क्लबका खेलाडी अर्जुन सुब्बाको स्मृतिमा हुदै छ। सुब्बाको गत वर्ष गाडी दुर्घटनामा निधन भएको थियो।
पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसबर्ग सिटी आइल्याण्ड स्काइलाइन स्पोर्ट्स कम्प्लेक्समा हुने प्रतियोगिताका लागि आयोजकले मार्च १५ सम्मको दर्ता मिति तोकेको थियो।
‘हामीले सोचे अनुसारकै टिम दर्ता भएका छन्’ युनिक ब्वाइजका म्यानेजर हरि खनालले समाज टाइम्स सँग भने। उनका अनुसार १८ टिमको दर्ता प्रकृया सकिएको छ। बाँकी दुई टिम अन्तिम टुङ्गो लाग्न बाँकी छ।
‘पेन्सिलभेनिया भन्दा बाहिरी राज्यबाट पनि टिम दर्ता भएका छन्। दुई टिमको अन्तिम टुङ्गो लागे पछि हामी सहभागि टिमको नाम र खेल तालिका सार्वजनिक गर्छौ।’ खनालले भने।
सहमागि टिमलाई दुई समुहमा विभाज गरि नकआउटका आधारमा खेलाइने छ। ‘हरेक खेल प्लेइङ्ग इलाभेन नै हो ।’ समाज टाइम्स सँग खनालले भने,’कुन खेल कति समय खेलाउने भन्ने चै निर्णय हुन बाँकी छ।’
प्रतियोगिमा पुरस्कारमा मात्र १६ हजार अमेरिकी डलर खर्च हुने छ।
विजेता टिमले यस पटक पनि दश हजार अमेरिकी डलर नगद पुरस्कार, च्याम्पियनसिप ट्रफी र पदक पाउने छन्। यस्तै उपविजेताले ६ हजार नगद र पदक पाउने छन्।
गत वर्षको उपाधि टेक्सास युथले जितेको थियो। युनिक ब्वाइज क्लब फुटबल पेन्सिलभेनियाको ह्यारिसबर्षमा रहेको नेपाली समुदायले सन् २०२१ मा स्थापना गरेको संस्था हो।
प्रवासमा रहेका नेपालीभाषी खेलाडीका लागि लक्षित गरेर प्रतियोगिता शुरु गरिएको हो।















