राजाको ठाउँमा जनताका छोरा छोरी आए तर संरचना फेरिएन : मन्त्री किराती

Getting your Trinity Audio player ready...
|
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले, नराम्रो काम गरेर राम्रो कामको अपेक्षा गर्नु मुर्खता भएको टिप्पणी गरेका छन् ।
अनामनगरमा शनिबार आयोजित नेपाल थामी समुदायको छैठौं राष्ट्रिय महाधिबेशनको उद्धाघाटन कार्यक्रममा बोल्दै मन्त्री किरातीले नेपालीले चिलाउनेको विरुवा रोपेर सुन्तलाको आसा गरिरहेको टिप्पणी गरे । सुन्तला खानु छ भने चिलाउने को विरुवा नरोपौँ उनको भनाई छ ।
कार्यक्रमलाई सम्बोधनगर्दै उनले भने ‘‘गणतन्त्र आयो नेता नेतृत्व फेरियो राजाको ठाउँमा जनताका छोरा छोरी आए तर संरचना फेरिएन थामीको छोरा या थामीको छोरी संसद भएर भित्र पस्यो भने कसैलाई नमस्कार गर्ने मन हुदैन । आज दलितको छोरा मन्त्री ,सांसद हुदा नमस्कार गर्ने मजा लागेको छैन हाम्रो अधिकार नखोसिए कसको अधिकार खोसिन्छ त ।”
मन्त्री किरातीले संस्कृति मन्त्री भएपछि पशुपति सरसफाईमा लागेको भन्दै पशुपति आफैमा गौरब भएको पनि बताए ।
त्यहाँ जति फोहोरमैला ,गुट कही हुदैन भन्दै सम्पुर्ण विसङ्गत जति सफा गर्नको लागि आफुहरु ३ महिने अभियानमा लागेको उनको भनाई छ ।
पशुपतिमा बेच्न राखिएको मालामा , लासको दाउरामा घुस खाइएको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले पशुपति मन्दिर हामी सबैको ठुलो आस्थाको केन्द्र सांस्कृतिक धरोहर भएको भन्दै लास पोल्ने दाउरा माथि लुछाचुँडी गरेको देख्दा आफुलाई चिन्ता लागेको बताएका हुन्।
धर्मको सम्मानमा कोहि काखा र कोहि पाखा हुदैन भन्दै उनले सम्पदालाई विश्वको नजरमा माथि उठाउन सकियो भने मात्रै देशमा आर्थिक विकास हुने बताए ।