अमेरिका निवासी कुमार शिवाकोटीको ‘भिझाएर आँशु’ मा रामकृष्णको स्वर
पेन्सिलभेनिया,अमेरिका / अमेरिका निवासी कुमार शिवाकोटीको शब्द रहेको ‘भिझाएर आँशु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
सेन्टिमेन्टल भर्सनको म्युजिक भिडियोमा गायक रामकृष्ण ढकालको स्वर रहेको छ।
नेपाली समाजमा रहेको दुई पुस्ता बीचको द्वन्द्वलाई गीतकार शिवाकोटीले भिझाएको आँशु मार्फत प्रस्टाउन खोजेका छन्।
हाल अमेरिकाको पेन्सिलभेनियामा बस्दै आएका शिवाकोटीले विषेश गरि अध्ययनका लागि शहर पुगेको छोरामा आएको परिवर्तन र त्यसले परिवारमा पारेको समस्यालाई सचित्र उतार्न खोजिएको छन्।
युट्युव मार्फत सार्वजनिक भिडियो तीन दिन भित्र ८२ हजार भन्दा बढीले हेरेका छन्।
दीपक शर्माले सङ्गीतबद्ध गरेको गीतमा फणीन्द्र राईको सङ्गीत संयोजन छ । भिडियोको छायाङ्कन सुजन श्रेष्ठले गरेका हुन्।
म्युजिक भिडियोमा कलाकार सुधीर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित र हिउँवाला गौतमको अभिनय रहेको छ।
मुनालशिशिर कोइरालाको निर्देशन रहेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन्।