एलन मस्क पुन विश्वकै धनी
पेन्सिलभेनिया,अमेरिका / टेस्लाका मालिक एलन मस्क फेरि पनि विश्वको धनी व्यक्ति बनेका छन्।
ब्लूमबर्गको पछिल्लो तथ्याङ्क अनुसार मस्कले फ्रान्सेली लक्जरी ब्रान्ड एलभीएमएचका सीईओ बर्नार्ड अर्नाल्टलाई उछिनेका हुन् ।
गत वर्षको डिसेम्बरमा अर्नाल्टले मस्कलाई पछि पार्दै विश्वको धनी भनेका थिए। दुई महिना सम्म विश्वको धनीको सूचिमा दोस्रो स्थानमा रहेका मस्क पुन शिर्षस्थानमा फर्किएका हुन्।
ब्लूमबर्गले रिपोर्ट अनुसार सोमबार टेस्लाको सेयर बढे पछि मस्कको सम्पत्ति पनि उकालो लागेको हो।
सोमवार सम्म मस्कको कुल सम्पत्ति लगभग एक सय ८७.१ बिलियन अमेरिकी डलर पुगेको छ। बजारहरू बन्द हुदाँ सम्म अर्नाल्टको सम्पत्ति एक सय ८५.३ बिलियनमा रहेको छ।
टेस्लामा राम्रो कमाउदै आएका मस्कले ट्विटरमा लगानी गरे पछि ओरालो लागेका थिए।
गत वर्षको अन्त्यमा उनले दुई सय बिलियन डलरको सम्पत्ति गुमाएका थिए। सन् २०२१ नोभेम्बरमा मस्कको सम्पत्ति करिब तीस सय ४० बिलियन डलर थियो । तर २०२२ डिसेम्बर मा यो घटेर एक सय ३७ बिलियनमा झरेको थियो।